दशै विशेष नर्सिङकोत मेला सुरु: सांसद कुवँरद्धारा उद्धघाटन ।

बुर्तिबाङ असोज १३ गते
निसीखोला गाउँपालिका ७ स्थित नरसिंहकोत खेलकुद तथा सांस्कृर्तिक समिती द्धारा आयोजीत दशै विशेष नर्सिङकोत मेला सुरु भएको छ । विभिन्न खेलकुद तथा सांस्कृर्तिक कार्यक्रम सहित सुरु भएको कार्यक्रमको सोमबार गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले उद्धघाटन गर्नुभएको हो ।

क्लब अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा आयोजीत कार्यक्रममा उद्धघाटन पश्चात बोल्दै सांसद कुवँरले धार्मिक एव्म पर्यटकिय स्थल नर्सिङकोतको विकास र समृद्धिमा आफुले विकास गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नर्सिङकोत धेरै सम्भावना वोकेको क्षेत्र रहेको बताउँदै यहाँको विकासमा आफुले सकेसम्म साथ दिने बताउनु भएको हो ।

आफूले यहाँको विकासका निम्ती पदमार्ग निर्माण लगाएतका विकास गरिरहेको र अवका दिनमा खेदमैदान, मन्दिर निर्माण, घेराबार लगाएतका क्षेत्रमा पहल गर्ने बताउँदै निसीखोला ७ मा खानेपानीको पहुँच विस्तार, सडक, पूल लगाएतका विकासमा काम भइरहेको बताउँदै सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत रहेको निसीखोला ७ देखि ढोरपाटन सम्मको सडकलाई समयमा सम्पन्न गर्नका निम्ती बुहवर्षिय योजनामा समावेश गर्न पहल भइरहेको बताउँदै जेन्जी आन्दोलनका कारण माग अनुसारका सबै योजना पुरा गर्न चुनौती देखिएपनी आफनो कर्म गरीरहने बताउनु भयो ।

कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बोल्दै निसीखोला गाउँपालिकाले विकास निर्माण संगै स्थानीय कला संस्कृर्ति, खेलकुद र पर्यटकिय स्थलको विकास र विस्तारमा महत्वपूर्ण भुमिका खेलिरहेको बताउँदै नर्सिङकोटको विकासमा पालिकाले लगानी गरिरहेको बताउनु भयो । निसीखोला ७ का अध्यक्ष दिपक ुकवँर, पूर्व जिल्ला उपसभापती दिपक कुवँरको शुभकामना मन्तव्य रहेको हो ।

स्थानीय जनप्रतिनिधी, समाजसेवी, राजनैतिक दलका प्रतिनिधी, पत्रकार लगाएतको आतिथ्यता रहेको कार्यक्रम निसीखोला ७ का वडा सदस्य टेक प्रसाद श्रेष्ठको स्वागत भोव बहादुर कुवँरको सञ्चालनमा औपचारीक कार्यक्रम सम्पन्न भएको हो । खेलकुद तथा सांस्कृर्तीक कार्यक्रम जारी रहने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img