असोज ११ गते बुर्तिबाङ
लायन्स क्लब अफ बुर्तिबाङको आयोजनामा वडा दशै, दिपावली र छठ पर्वको पावन अवसरमा शनिबार बुर्तिबाङमा शुभकामना आधान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको क्लबले जनप्रतिनधिी, राजनैतिक दलका प्रतिनिधी, क्लब तथा विभिन्न संघसंस्थाका प्रतिनिधीको सहभागितामा शुभकामना आधान प्रदान संगै क्लबले गरीरहेका कार्यक्रम र भावि लक्ष्यका सन्दर्भमा जानकारी गराएको हो ।
संस्थाका अध्यक्ष शान्ती पौडेलको अध्यक्षतामा आयोजीत कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी सांसद कुवँरले बोल्दै लायन्स क्लबले समाज रुपान्त्रणका निम्ती विभिन्न महत्वपूर्ण कार्यक्रम गर्दे आएको बताउनु भयो ।
क्लबले लिएको रचनात्मक लक्ष्यलाई आफुहरुले समेत साथ दिने बताउँदे महिलाको नेतृत्वमा भइरहेका समाज रुपान्त्रण मूखी कार्यक्रम आफैमा प्रभावकारी रहेको बताउनु भएको हो ।
फरक प्रसंगमा बोल्दै सांसद कुवँरले देशमा जेनजी आन्दोलन पछि भइरहेको घटना र देशको अवस्थाको विषयमा बोल्दै सबैको सहभागिता र नेतृत्वमा देशलाई निकाश दिन र देशको समस्या समाधानमा आगाडी बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द वस्नेत, नेकपा एमालेको तर्फदेखि गुञ्ज बहादुर भण्डारी, नेकपाको तर्फदेखि हरी बहादुर कुवँर, उत्तरगँगा माध्यमिक विद्यालयका तर्फदेखि हिरालाल पौडेल, लायन्स क्लब डिस्ट्रीक चियर पर्सन छविलाल पाण्डे, लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजेन्द्र खत्री, महिला नेतृ दुर्गादेवी घर्ति, पत्रकार छविलाल पाण्डे लगाएतको शुभकामना मन्तव्य रहेको थियो । लायन्स क्लब अफ ढोरपाटन र लायन्स क्लब अफ निसीखोलाको सह आयोजना रहेको कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष मन कुमारी कुवँरको स्वागत, सचिव भिम कुमारी क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।