पर्यटकीय एवम् धार्मिक स्थल निसीखोला गाउँपालिका २ अर्नाकोट देउरालीमा सञ्चालन भएको तिज विशेष मेला सम्पन्न भएको छ । कोभिड १९ प्रभावका कारण केहि बर्ष सम्म रोकिएको ऐतिहासिक तिज मेला यसबर्ष विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथमा सम्पन्न भएको हो ।
गत भाद्र १० गतेदेखि सुरु भएको साविक वडा स्तरीय पुरुष भलिबल, छेलो, रेकर्ड डान्स, लगायत सांस्कृतिक प्रस्तुती सहित आयोजित कार्यक्रम अन्र्तगत साविक वडा स्तरीय पुरुष भलिबलमा विभिन्न २४ समुहलाई पछि पार्दे साविक देविस्थान गाविसको वडा नम्बर ७ धारा टोल समुह प्रथम भएको छ । त्यस्तै साविक बोहोरागाउँ गाविस वडा नम्बर ३ धाराखर्क समुह दिर्तिय भएको आयोजकले जनाएको हो ।

प्रथम दिर्तिय हुने समुहले क्रमश पैतिस हजार र दिर्तिय हुने समुहले बाइस हजार नगद, मेडल र प्रमाणपत्र हात पारेका छन । पुरुष छेलो प्रतियोगिता तर्फ ढोरपाटन ९ का रेशम विश्वकर्मा प्रथम, ढोरपाटन ५ का गोपाल विश्वकर्मा दिर्तिय हुनुभएको हो । त्यस्तै महिला छेलो तर्फ निसीखोला २ का राधिका घर्ती प्रथम, ढोरपाटन २ का विना कुवँर दिर्तिय हुनुभएको छ ।
रेकर्ड डान्स तर्फ अर्नाकोट मध्यमिक विद्यालय अर्नाकोट प्रथम, आयोजक समुह दिर्तिय भएको छ । कार्यक्रमलाई गत भाद्र १० गते निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम अर्नाकोट तिज विशेष कार्यक्रम उपभोक्ता समिति अध्यक्ष टेक बहादुर वि.क. को अध्यक्षता, मिना कुमारी वि.क. र वेग बहादुर कुवँरको सञ्चालनमा सम्पन्न भएको हुम बहादुर वि.क. ( दिपक) ले जानकारी दिनुभयो ।
यसपटकको मेला अर्नाकोट तिज विशेष कार्यक्रम उपभोक्ता समिती अर्नाकोट र बराह यूवा क्लबको साझेदारीमा सञ्चालन गरिएको हो ।