बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–४ कानावगर स्थित बृहस्पति युवा क्लबले आयोजना गरेको तिज विशेष मेला तथा क्लबको १२ औँ वार्षिकोत्सव कार्यक्रम सुरु भएको छ ।
हिन्दु महिलाको महान् पर्व हरितालिका तिजलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमको मङ्गलबार गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले नवनिर्मित क्लब भवनको शिल्यान्स संगै औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा उद्घाटन गर्नुभएको हो ।

स्थानीय कला संस्कृति, खेलकुदको जर्गेना संगै तिज पर्वको जर्गेना गर्ने उद्देश्य सहित सञ्चालित मेलाका अवसरमा स्थानीय जनप्रतिनिधि, महिला अगुवा, समाजसेवी राजनैतिक दलका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद कुवँरले कला संस्कृर्ति र खेलकुदको संरक्षणमा बृहस्पति यूवा क्लबले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।
क्लबको माग र आवश्यक अनुसार यसवर्ष भवन निर्माणका निम्ति शिल्यान्स गरिएको बताउँदै आगामी बर्ष सुविधा सम्पन्न भवन र खेलकुद मैदान निर्माण गरिने बताउनु भयो । यस वर्षको बजेटमा पहिलो नियन्त्रण, जग्गा सम्याउने कार्यका निम्ती बजेट व्यवस्था गरिएको बताउँदै आफुले बोलेका बाचा र प्रतिबद्धता पुरा गर्दे आएको बताउँदै बाँकी रहेका अधुरा कामलाई पुरा गरेरै छाड्ने बताउनु भयो ।

तिन तहको सरकार विच समन्वय नहुँदा जनताको समस्या सम्बोधन गर्न कठिन भइरहेको बताउँदै विकास र समृद्धिका निम्ती सङ्घका माननीयले आफूसँग प्रतिस्पर्धा गर्न चुनौती समेत दिनुभयो ।
जनतालाई झुठो आश्वासन दिएर र चुनावको माहोलमा गाउँ फर्किएर मात्रै जनताको सपना पुरा नहुने भन्दै सपना पुरा गर्न कर्म गर्नुपर्ने बताउनु भयो ।
सांसद कुवँरले थप बोल्दै “आफूले प्रतिबद्धता गरेको ढोरपाटन सालझण्डी सडक निर्माण, तमानखोला सडक कालोपत्रे, निशेलढोर सम्म केन्द्रिय विधुतको पहुँच विस्तार लगायत थुप्रै योजनाहरूमा नियमित रुपमा ध्यानाकर्षण र बजेट व्यवस्थापन गर्ने कार्य गरिएका कारण जसरी पनी अधुरा योजना पुरा गरेर छोड्ने बाचा गर्नुभएको हो । ” कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तीले बोल्दै निसीखोलाको विकासमा पालिकाले सक्रिय रुपमा काम गरिरहेको र विभिन्न सुचकमा समेत अगाडी आएको बताउँदै प्रदेश र संघ सरकारबाट साथ नभएसम्म पालिकाको विकास सम्भव नभएको बताउँदै माननीय दोर्ण कुवँरबाट धैरै अपेक्षा गरिएको बताउनु भयो ।
कार्यक्रममा निसीखोला गाउँपालिका ४ का अध्यक्ष टिकानिधी पौडेल, कार्यपालिका सदस्य लगायतको शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकार जीवन शर्मा, स्थानीय कलाकारको कलाकारको प्रस्तुति संगै दिदिबहिनी विच एक आपसमा मिलेर तिजका गित संगै नृत्य गरेका हुन । उद्घाटन सत्रको कार्यक्रम क्लब अध्यक्ष लोकिश्वर भुषालको अध्यक्षता, ढालेन्द्र हमालको स्वागत, भुमिराज आर्चायको सञ्चालनमा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।
क्लवले वडाका ८४ बर्ष देखि माथि उमेर समुहको जेष्ठ नागरीक, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी सम्मान, जेहेन्दार विद्यार्थी पुरस्कृत लगाएतका कार्यक्रम गरीएको हो । भालीदेखि भलीवल प्रतियोगीता, तिजगित नृत्य प्रतियोगिता लगाएतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।