पर्यटकीय एवम् धार्मिक क्षेत्र ढोरपाटनमा दिगो पर्यटन , शुसासन र विकासका सन्दर्भमा शुक्रबार ढोरपाटन उपत्यकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ढोरपाटन नगरपालिका दिगो विकास, शुसासन का लागि अध्ययन परामर्श तथा सुझाब समितिको आयोजनामा ढोरपाटन उपत्यकामा सरोकारवाला निकायका विचमा अन्तरक्रिया एवम् छलफल गरिएको हो ।

ढोरपाटन नगरपालिका ९ का अध्यक्ष एव्म दिगो विकास, शुसासन का लागि अध्ययन परामर्श तथा सुझाब समिती संयोजक खिम बहादुर घर्तिको अध्यक्षतामा आयोजीत कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर तथा समिति सल्लाहकार धन बहादुर कायत(कल्याण) समिती सदस्य ढोरपाटन सिकार आरक्ष कार्यालय प्रमुख, वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नम्बर ४ का अध्यक्ष तिलक पुन, वडा नम्बर ७ का अध्यक्ष धन बहादुर अदै, कार्यपालिका सदस्य तुलसी वि.क., लगायत स्थानीय होटल तथा होमस्टे व्यवसायी, विवाईसी बागलुङ र दिगो पर्यटन पर्वधन परियोजनाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्दर्भमा ढोरपाटन क्षेत्रको दिगो विकास , पर्यटन क्षेत्रको विकास र पर्यटकीय स्थलको प्रचार प्रसार व्यवस्थापन स्थानीय होटल ,होमस्टे, गोठ स्टे को व्यवस्थापन , विकास तर्फ भौतिक पूर्वाधारको विकास र सरसफाइ , सचेतना लगायतका विषयमा समितिले लिएका योजनाका सन्दर्भमा छलफल एव्म अन्तरक्रिया गरिएको समिति संयोजक खिम बहादुर घर्तिले बताउनु भयो ।

ढोरपाटनको समग्र विकासका निम्ती विशेषज्ञ व्यक्ति संगको छलफल, योजना निर्माण लगायतका विषयमा अगाडि बढिएको जनाउँदै ढोरपाटनको पर्यावरण सँगै विकासलाई दिगो रुप दिने गरी काम गरिने बताइएको छ । कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बोल्दै समिति मार्फत ढोरपाटनको सम्भावना, श्रोत र साधनको खोजी त्यसको व्यवस्थापन, दिगो विकास संगै भौतिक पूर्वाधार निर्माणमा समेत योजना बनाएर अगाडि बढ्नका निम्ती समिति नै बनाएर अगाडि बढिएको बताउनु भयो ।
मेयर कायतले थप बोल्दै ढोरपाटन सिकार आरक्षले आन्तरिक पर्यटकबाट उठाउँदै आएको प्रवेश शुल्क लिन नहुने सुझाव समेत व्यक्त गर्नुभएको थियो ।
शुक्रबार आयोजित कार्यक्रमका अवसरमा सहभागि बाट उठेका विषय वस्तु सँगै विषय विज्ञको सुझावलाई समेटेर दिगो योजना बनाउने र त्यसलाई आधार मानेरै ढोरपाटन नगरपालिका मार्फत निती , मापदण्ड र कार्यक्रम बनाएर यहाँको विकासमा अगाडि बढिने समिति संयोजक खिम बहादुर घर्तिको भनाई छ ।