यतिबेला ढोरपाटन पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ । लहलह ढोरपाटनका फाँट र बुकिमा फुलिरहेका फूल र नजिकै देखिने हिमशृङखला हेर्न तथा बर्सातका सिजनमा जताततै देखिने हरियाली फाँट हेर्नका निम्ती समेत पर्यटकहरू ढोरपाटन पुग्ने गरेका छन ।

ढोरपाटनको प्रचार प्रसार र ब्याख्या जति गरेपनी कम हुने प्राकृतिक मोहले मानिसलाई रनभुल्ल बनाउने गर्दछ । यौ सँगै पछिल्लो समय ढोरपाटनमा प्लास्टिक जन्य फोहोरले उपत्यका, नदि, मन्दिर लगाएत विभिन्न प्राकृतिक र संस्कृतिक सम्पदालाई गिज्याउन थालिरहेको हो ।
ढोरपाटन पुग्ने पर्यटक संगै स्थानीय नागरिकले समेत सरसफाइमा ध्यान दिन नसक्दा फोहोरको थुप्रो बढ्न थालेको स्थानीय रमिता पुन मगरले बताउनु भयो । आज बिहान स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा लगायतको सक्रियतामा ढोरपाटन उपत्यका, ढोरबराह मन्दिर आसपासमा फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।

केही महिना अगाडि यस्तै सरसफाइ कार्यक्रम गरिएपनि पुनः उस्तै प्लास्टिक जन्य फोहोरले दुर्गन्धित बन्दै जाँदा पर्यटक र स्थानीय नागरिकले सरसफाइमा ध्यानदिनुपर्ने अवस्था सृजना भएको हो ।
गिफ्ट ढोरपाटन नामक संस्थाको स्थापना गर्दे ढोरपाटनको सौन्दर्यता लाई कम हुन नदिने गरी सरसफाइ अभियानमा लागिएको रमिता पुन मगरको भनाई छ । संस्थाले “प्लास्टिक हटाऔँ, ढोरपाटन बचाऔँ ”भन्ने नाराका साथ ढोरपाटन उपत्यका क्षेत्रमा सरसफाई तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको हो ।
ढोरपाटन नगरपालिका ९ का वडा सदस्य मोहन पुन, निवर्तमान वडा सदस्य यम बहादुर वि.क. लगायत स्थानीय सामाजिक व्यक्तिहरूको सक्रियतामा सरसफाइ कार्यक्रम गरिएको जनाइएको हो ।










