तमानखोला ४ लाम्मेलाका सार्वजनिक वन क्षेत्रमा फलफूल खेति   ।


जेठ २ गते बुर्तिबाङ
बागलुङको तमाखोला गाउँपालिका ४ लाम्मेला गाउँ स्थित विभिन्न सार्वजनिक वन क्षेत्रमा फलफूलका विरुवा लगाइएको छ ।
तमानखोला गाउँपालिकाको आर्थिक लगानीमा वडा नम्बर ४ ले स्याउ, आरु, ओखर लगायतका फलफुल लगाएको हो ।
वडाले गत आर्थिक बर्षदेखि गौ चरणको रुपमा रहेका बयलीको वन र लाम्मेला गाउँदेखि केहि पर सोले नजिक  गोर्जी भन्ने स्थानको वन क्षेत्रमा संरक्षण गर्दे फलफूलका विरुवा लगाउन थालिएको वडा अध्यक्ष छ प्रसाद श्रीपालीले बताउनु भयो ।
घेराबार सहित रोपिएका फलफूलका विरुवालाई दिगो बनाउन मलजल सहित व्यवस्थापन गरेर विरुवा रोपिएको र केहि बर्षमा विरुवाले फलदिने अपेक्षा लिएको श्रीपालीको भनाई छ ।


वडा कार्यालय र स्थानीय समुदायले हेरचाह र अपनत्व लिने गरी काम गरिएको जनाउँदै संघ सरकारबाट गतबर्ष एकलाख पचास हजार बजेटबाट विरुवा खरिद गरिएको र वडा र पालिकाबाट बजेट विनीयोजन गरेर दुई स्थानमा दुईसय ६० विरुवा रोपण गरिएको जनाइएको छ । विरुवालाई संरक्षण गर्न घेराबार, सिँचाई व्यवस्थापन लगायतका संरचनामा पालिका र वडाबाट २० लाख बढि रकम खर्च गरिएको जनाइएको छ ।
पाँचबर्षमा उत्पादन दिन सुरु गर्ने गरी सञ्चालन गरिएको फलफूल रोपन कार्यक्रमलाई दिगो बनाउन आफुले यस्तो प्रयास गरेको अध्यक्ष श्रीपालीको भनाई छ । लाखौँ खर्च गरिएर बनाइएको सार्वजनिक क्षेत्रमा फलफूल खेति रोपणमा गाउँपालिकाबाट भने हालसम्म कार्यविधी नबनाई अगाडि बढाइएको हो ।
बयलिमा १८ लाखमा घेराबार गरिएको र यसवर्ष पाँचलाख बजेटमा काम भइरहेको हो । गतबर्ष  गोर्जी  मा वडा र पालिकाबाट दुई लाख ३० हजार रुपैयाँ खर्च गरेर घेराबार गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img