असार ६ गते
बागलुङको तमानखोला गाउँपालिका विभिन्न माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका निम्ति कुलत तथा दुर्व्यसनी विरुद्धको सचेतना मूलक सडक नाटक प्रर्दशनी कार्यक्रम सञ्चालन गरिएको छ ।
तमानखोला गाउँपालिकाको आयोजना, पोखरा थ्रिएटरको प्रस्तुती तथा इलाका प्रहरी कार्यालय बुर्तिबाङको समन्वयमा जनजागृर्ति माध्यमिक विद्यालय र शान्ति माध्यमिक बिधालय खुङ्खानीमा कुलत तथा दुर्व्यसनी विरुद्धको सचेतना मूलक सडक नाटक प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै धनगौज्वति माध्यमिक विद्यालयमा कार्यक्रम भएको गाउँपालिकाले जनाएको हो । सानै उमेरमा संगत र लहलहैमा लागेर विद्यार्थीहरू कुलत जस्ता नकारात्मक दुर्व्यसनीमा फस्न सक्ने अवस्थालाई मध्यनजर राख्दै विद्यार्थी समयमै नै सचेत बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।

विशेष गरि कक्षा ८ देखि १० सम्म पढ्ने बालबालिका कुलत र दुर्व्यसनीमा फस्ने बताउँदै उक्त समयमा विद्यार्थी समेत सचेत बन्नुपर्ने र विद्यालय देखि अभिभावकले उनीहरूको आनीबानी र व्यवहारमा निगरानी राख्नुपर्नेमा वक्ताहरूले जोड दिएका हुन ।
तमानखोला गाउँपालिकाले प्रत्यक बर्ष सचेतना मूलक कार्यक्रम गर्दे आइरहेको पाइएको छ । जनजागृर्ति माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष धुव्र शेरचनको अध्यक्षता, गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य, जिल्ला सम्मोन्य समिति सदस्य , वडा नम्बर २ का अध्यक्ष नारायण सुनार, वडा नम्बर १ का थम बहादुर रोका, कार्यपालिका सदस्य हिकमत जक्तपुरी, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार बिक, जनजागृति माविका प्रअ वेद बहादुर बुढा लगायतले मन्तव्य राख्दै कुलत र लागुपर्दाथ दुर्व्यसनले व्यक्ति , परिवार र समाजमा धेरै नकारात्मक असर गरिरहेको बताउँदै त्यसको न्यूनिकरणका निम्ति सबैले ध्यान दिनुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रम शिक्षक गीता भुसाल खरेलले सञ्चालन गर्नुभएको हो । त्यस्तै वडा नम्बर ५ को शान्ति माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिला जंग छन्त्यालको अध्यक्षता, गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, उपाध्यक्ष हिरा कुमारी छन्त्याल, वडा अध्यक्ष हिरा बहादुर सिर्पाली लगायतको आतिथ्यता एवम् मन्तव्य रहेको थियो ।

















