ढोरपाटन नगरपालिकाद्धारा विधुत पहुँच नपुगेको बस्तिमा सोलार हस्तान्त्रण

बुर्तिबाङ साउन १४ गते
ढोरपाटन नगरपालिकाले विधुतको पहुँचमा पुग्न नसकेका नगरपालिकाको वडा नं. ६ र ९ को केही वस्तिमा पुगेर शनिबार नागरिकलाई सोलार सेट हस्तान्त्रण गरेको छ ।
पटक पटक विद्युतको माग गर्दे आएका स्थानीय नागरिकलाई विद्युतको विकल्प तत्काललाई नदेखिएपछि केन्द्रिय विधुत विस्तार नहुन्जेल सम्म भएपनी उज्यालोमा वस्न पाउन भन्ने उदेश्य सहित सोलार सेट हस्तान्त्रण गरिएको नगरपालिका कार्यवाहक नगर प्रमुख धन बहादुर कायतले बताउनु भयो ।


नगरपालिकाको वडा नं. ६,७,८ र ९ का गरि ढोरपाटन उपत्यका तथा आसपासमा ४ सय बढि घरमा अझैपनी विधुत पुग्न नसक्दा नागरिक अन्धकारमा बस्न बाध्य भएको बताउँदै हाललाई ७३ घरधुरीलाई र दशै तिहारको समयमा सबैजसो घरधुरीमा पुग्ने गरि सोलार व्यवस्था गरिने कार्यवाहक नगर प्रमुख धन बहादुर कायतको भनाई छ ।
हाल ढोरपाटन नगरपालिका वडा नं. ६ को लाम्खोरीया र छेन्तुङका अशहाय, विपन्न र स्थानीय गरि ७३ परिवारलाई सोलार सेट हस्तान्त्रण गरिएको हो । छेन्तुङ,स्यालपाखे, खाल्डेखुल्टे, नवि, सलठान, डिजा, मस, नवि, थास्मर, गाडिखोला लगाएत विभिन्न १८ वस्तिमा विधुत पहुँच नभएको बताउँदै केही वस्तिमा हाललाई नगरपालिकाले व्यवस्था गरिने र केही वस्तिमा दशै सम्ममा गण्डकी प्रदेश सरकारबाट समेत सोलार सेट आउँदै गरेका कारण विधुतको बैकल्पीक व्यवस्था गर्न थालिएको बताउँदै चाँडै केन्द्रिय विधुतको पहुँच पुग्ने गरि सम्वन्धीत निकायमा आफुहरुले ध्यानाकर्षण गराईरहेको बताउनु भयो । र्
टुकि र दियालोको भरमा बस्दै आएका नागरिकको माग अनुसार सोलार सेट उपलब्ध गराउने अभियान अन्र्तगत हाल केहि नागरिकलाई व्यवस्था गरिएको र केही समयमै सबै नागरिकलाई सोलार उपलब्ध गराउने गरि पालिकाले काम गर्ने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताउनु भयो’ ।
“सोलार सेट पाएसँगै आफुहरुलाई केही हदसम्म भएपनी उज्यालोमा वस्न पाउने भयौँ बाल बच्चाले उज्यालोमा बसेर पढ्न पाउने भए मोवाईल चार्ज गर्नमात्रै नौथर गाउँ आधा घण्टा टाढा पुग्नुपर्ने बाध्यता थियो अव सहज हुने भएको छ ” स्थानीय बर्ष वि.क. ले बताउनु भयो ।


बालबच्चालाई पढ्न समस्या थियो बाहिर रहेका आफन्त सँग फोन सम्पर्क गर्न पनी समस्या छ विधुत नभएसम्म र उज्यालो वस्न नपाउँदा अझैपनी विकासमा निकै पछाडी छौँ भन्ने लाग्छ नगरपालिकाले सोलार सेट उपलब्ध गराएकोमा अव केही सहज भएपनी केन्द्रिय विधुत छिटो आए अझै सहज हुन्थ्यो स्थानीय हुनी विश्वकर्माको भनाई छ ।
नगरपालिका कार्यवाहक प्रमुख धन बहादुर कायत, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, कार्यपालिका सदस्य नविन शेरचन, स्टोर शाखा प्रमुख दिपक श्रीपाली लगाएतको उपश्थितीमा सोलार सेट हस्तान्त्रण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img