जन्मदिनको अवसरमा सुसान्त अखेलीद्धारा बृद्धाआश्रममा खाद्यान्न सहयोग

२०८० बैसाख १ गते बुर्तिबाङ
बागलुङ नगरपालिका १४ बलेवाका प्रकाश अखेली तथा सबिता अखेलिका सुपुत्र सुसान्त अखेलीकोे जन्मदिनको पावन अवसरमा शुक्रबार पर्बत जिल्ला कुश्मा नगरपालिका ५ मोदिबेनी रहेको बृद्धाआश्रममा बस्ने जेष्ठ नागरिकलाई खाद्यान्न बितरण गरिएको छ ।

सिटिजन लाईफ इन्योरेन्सका एजेन्सी समेत रहेकी बालक सुसान्तकी आमा सबिता अखेलीका अनुसार घरमा अनावस्यक गरिने फजुल खर्चलाई कटाएर बाबुको जन्मोत्सबमा मानव सेवा मध्येको केही काम गर्ने अभिप्राय स्वरुव बृद्धाआश्रममा रहनु भएका १२ जना जेष्ठ नागरिकलाई खाध्यान्ह हस्तान्त्रण गरिएको बताउनु भयो ।

नुन, तेल, पिठो, चामल लगायतका खाद्यान्न सामाग्री सहयोग गरिएको अखेलीको भनाई छ । जन्म दिनमा अनावस्यक खर्च गरेर गरिने फजुल खर्चलाई कटाएर गरिएको मानविय सहयोग आफैमा सकारात्मक रहेको उहाको भनाइ रहेको छ । खाद्यान्न सामाग्री बितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स क.लि का क्षेत्रीय शाखा प्रमुख दिपेन्द्र शर्मा लम्साल, एजेन्सी म्यानेजर साबीत्रि शर्मा ( सानू) कृषि बिकास बैक कर्मचारी तथा बालक सुसान्त कि माइजू कल्पना सापकोटा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img