निसीखोला गाउँपालिकाद्धारा सञ्चालित दोश्रो गाउँपालिका अध्यक्ष कप सोमबारदेखि सुरु

चैत्र २७ बुर्तिबाङ
निसीखोला गाउँपालिका द्धारा दोश्रो गाउँपालिका अध्यक्ष कप सोमबारदेखि जुग्जाखोलामा सञ्चालन भएको छ । खेलकुद विकास समिती निसीखोलाको सम्मोन्यमा आजदेखि सुरु भएको विविध खेलकुद तथा सांस्कृर्तिक कार्यक्रमको निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दे खेलकुदको बिकास र यहाँका युवाको खेल क्षेत्रको क्षमता प्रस्फुटन गर्नका निम्ती दोश्रो पालिका अध्यक्ष कपको आयोजना गरिएको बताउनु भयो ।
उहाँले थप बोल्दै निसीखोला निसीखोला गाउँपालिकाको बिकास र समृद्धिको निम्ती आफुहरुले विभिन्न योजनाका साथ अगाडी बढिरहेको बताउँदै जनप्रतिनिधी, राजनैतिक दल, बौद्धिक व्याक्तित्व सबैले जिम्मेवार पुर्वक निसीखोलाको विकास र समृद्धिमा एक भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथी गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिमगरले बोल्दै खेलाडीको क्षमता विकास गर्न, पालिकामा रहेका खेलाडीको व्याक्तित्व विकास गर्नका साथै युवा पुस्तालाई खेल क्षेत्रको माध्यमबाट अनुसाशित, लगनशिल र मर्यादित बनाउन पनी खेलकुद क्षेत्रले महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै पालिकाले आयोजना गर्ने कार्यक्रममा सबै जनप्रतिनिधी , कर्मचारी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अवसरमा गण्डकी प्रदेश पुर्व सांसद खिम विक्रम शाही, निसीखोला गाउँपालिका पुर्व अध्यक्ष तारानाथ पौडेल, राजनैतिक दलको तर्फदेखि नेपाली कांग्रेसका भविन्द्र बहादुर कुवंर, नेकपा एमालेका पालिका अध्यक्ष भुमिराज घर्ति, नेकपा माओबादी केन्द्रका पालिका उपाध्यक्ष भिम रोका, राष्ट्रिय जनमोर्चाका प्रतिनिधी थम्मन घर्ति मगर, वडा अध्यक्षको तर्फदेखि दिपक कुवंर, चन्द्रसिंह रामजाली लगाएतको शुभकामना मन्त्व्य रहेको थियो । कार्यक्रमका अवसरमा जनप्रतिनिधी, पत्रकार, कलाकार, समाजसेवी, लगाएतको आतिथ्यता रहेको हो ।


कलाकार सुष्मा ठकुरी, स्थानीय कलाकार आइटिएफ खेलाडी लगाएतको प्रस्तुती रहेको उद्धघाटन सत्रको कार्यक्रम निसीखोला गाउँपालिका स्तरिय खेलकुद विकास समिती सदस्य राजेन्द्र शाहीको स्वागत, समितीका अध्यक्ष राजमान घर्तिको अध्यक्षता, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जयराम पुन र गजलकार अञ्चल शाहीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । भालीदेखि हुने विविध खेलकुद कार्यक्रम आगामी चैत्र ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

गाउँपालिका स्तरिय खेलकुद विकास समितीको सहजिकरणमा सञ्चालन हुने कार्यक्रम अन्र्तगत अन्तरपालिका स्तरिय पूरुष भलीवल प्रतियोगिता, खुल्ला महिला भलिवल, लोक दोहोरी प्रतियोगिता, सामुहिक नृत्य, आइटिएफ प्रतियोगिता र ३५ बर्षमाथि उमेर समुहको पुरुष भलीवल प्रतियोगिता सञ्चालन गरिने निसीखोला गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख जयराम पुन मगरले बताउनु भयो। पुरुष भलीवल तर्फ ५ समुह र महिला भलीवल तर्फ ४ समुहको नामदर्ता भएको छ । कार्यक्रम सञ्चालन गर्नका निम्ती पालिकाले १५ लाख रुपैयाँ बजेट विनीयोजन गरेको छ।
प्रतियोगिता तर्फ पूरुष भलीवल मा प्रथम दितिय ,तिर्तिय हुनेले क्रमश १ लाख १५ हजार, ७० हजार र ४५ हजार प्राप्त गर्ने छन महिला भलिवल तर्फ क्रमश ७० हजार, ४५ हजार र २५ हजार रुपैँया पुरस्कार प्राप्त गर्ने आयोजक ले बताएको छ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img