निसीखोला गाउँपालिकाले दोश्रो पालिका अध्यक्ष कप सञ्चालन गर्दे

चैत्र ३ गते निसीखोला
जिल्लाको निसीखोला गाउँपालिकाले आगामी चैत्र २७ गतेदेखि ३० गतेसम्म विभिन्न खेलकुद तथा साँस्कृर्तिक कार्यक्रम सहित दोश्रो गाउँपालिका अध्यक्ष कप सञ्चालन गर्ने भएको हो ।
गाउँपालिका स्तरिय खेलकुद विकास समितीको सहजिकरणमा सञ्चालन हुने कार्यक्रम अन्र्तगत अन्तर पालिका स्तरिय पूरुष भलीवल प्रतियोगिता, खुल्ला महिला भलिवल, लोकदोहोरी प्रतियोगिता, सामुहिक नृत्य, आइटिएफ प्रतियोगिता र ३५ बर्ष माथि उमेर समुहको पुरुष भलीवल प्रतियोगिता सञ्चालन गरिने निसीखोला गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख जयराम पुन मगरले बताउनु भयो ।


शुक्रबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको विषयमा जानकारी दिएको आयोजकले खेलकुद क्षेत्रतर्फ प्रतिभा प्रस्फुटन गर्न, खेल क्षेत्रको विकास संगै संरक्षण र सम्र्वधन गर्न कार्यक्रम हुन लागेको बताउँदै खेलकुद संगै समाज रुपान्तरण मुलक अभियानमा खेलकुद विकास समितीले भुमिका खेल्ने समितीका अध्यक्ष राजमान बुढाले बताउनु भयो ।
अध्यक्ष बुढाले भन्नुभयो कार्यक्रम सञ्चालन गर्न सर्वदलिय सर्वपक्षिय छलफल भइसकेका कारण कार्यक्रम सफल वनाउने तयारिमा छौँ यो कार्यक्रम सकिए पश्चात अहिले टोल टोलमा धेरै क्लब छन अब क्लबलाई खेलकुद सँगै समाज रुपान्तरण मुलक अभियानमा जोड्न र पालिकाले बनाएको कार्यविधी अनुसार खेलकुद विकास समितीले सम्मोन्य गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथीको रुपमा रहनुभएका निसीखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष तथा पालिकाको आर्थिक समिती सम्योजक कुविर विश्वकर्माले बोल्दै खेलकुदका कार्यक्रम मार्फत युवामा लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने र खेल क्षेत्रबाट व्याक्तित्व विकास, अनुसासन, तथा समाज रुपान्तरणमा समेत महत्वपूर्ण टेवा पुग्ने भएका कारण पालिकाले दोश्रो गाउँपालिका अध्यक्ष कप सञ्चालन गर्न थालिरहेको बताउनु भयो । कार्यक्रम सञ्चालन गर्नका निम्ती पालिकाले १५ लाख रुपैयाँ बजेट विनीयोजन गरेको छ ।


प्रतियोगिता तर्फ पूरुष भलीवलमा प्रथम दितिय ,तिर्तिय हुनेले क्रमश १ लाख १५ हजार, ७० हजार र ४५ हजार प्राप्त गर्ने छन महिला भलिवल तर्फ क्रमश ७० हजार, ४५ हजार र २५ हजार रुपैँया पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ । आयोजित पत्रकार सम्मेलन कार्यक्रममा कार्यपालिका सदस्य सुर्य बहादुर छन्त्याल, स्वास्थ्य शाखा सम्योजक टोप बहादुर चन्द, खेलकुद विकास समितीका पदादिकारी ,जनप्रतिनिधी, पत्रकार कर्मचारी लगाएतको उपश्थिती रहेको थियो ।
कार्यक्रम शिक्षा तथा खेलकुद शाखा प्रमुख जयराम पुन मगरले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img