तमानखोलामा पचास प्रतिशत योजनाको सम्झौता जेठ दोश्रो सातासम्म सबै योजनाको काम सक्ने लक्ष्य

फाल्गुन १४
तमानखोला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा विनीयोजन भएको बजेट र योजना मध्ये पचास प्रतिशत योजना सम्झौता सम्पन्न गरेको छ ।
आगामी जेठ १५ सम्म यस वर्षको योजना सम्पन्न गर्ने गरि काम अगाडी बढाएको पालिकाले दोश्रो चौमासिकको फाल्गुन पहिलो सातासम्म २५ प्रतिशत बढि योजनाको भुक्तानी समेत दिइसकेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बताउनु भयो ।
कुल १२० योजना मध्ये २० भन्दा बढिको सम्झौता भएर पनी काम सकिएको र बाँकी योजना मध्ये कतिपय सम्झौता भएर काम अगाडी बढेको र केहि टेन्डरका योजना प्रकृयामा रहेको बताउनु भयो । पालिकाको कार्यक्रम अन्र्तगत यस बर्ष वढिमात्रामा शिक्षा, स्वास्थ्य, र पूर्वाधार निर्माणका काममा बढि बजेट भएका कारण तिव्र गतिमा काम भइरहेको शाक्यको भनाई छ ।
भौगोलिक कठिनाई, बर्षातको समयमा काम गर्न असहज, चाडपर्व तथा निर्वाचनका कारण मंसिर दोश्रो सातादेखि काम सुरु गरेपनी निर्धारित समयमा योजनाको काम सम्पन्न गर्ने गरि पालिका अगाडी बढेको बताउनु भयो । गाउँपालिकाको संघ सरकार र प्रदेश सरकार मार्फत प्राप्त योजनाको काम पनी निर्धारित समयमा सम्पन्न गर्ने गरि टेण्डर प्रकृया अगाडी बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img