बगलुङ २ मा एमाले उम्मेदवारको घरदैलो ः जनताका चाहनाअनुसार काम गर्ने प्रतिबद्धता

बुर्तिबाङ,
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले घरदैलो कार्यक्रम जारी राखेको छ ।

बागलुङ क्षेत्र नं। २ अन्तरर्गत मंगलबार गल्कोट नगरपालिका ७, ८ र ९ नम्बर वडा को विभिन्न टोलमा पुगेर उम्मेदवारले मत मागेका छन् । बागलुङ क्षेत्र नम्बर २ का ने क पा (एमाले)का उम्मेदवार मञ्जु शर्मा चालिसे र क्षेत्र नम्बर २ (क) का उम्मेदवार प्रकाश घर्ति मगर, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बाबुराम नेपाली लगाएतका नेता, कार्यकर्ताहरु चुनावी सभा र घरदैलोमा मत माग्न ब्यस्त रहेका छन् । चुनावको बेला सबैले आश्वासन मात्र दिने तर जितेपछि जनताको घर–आगनमा नेताहरु नफर्कने नागरिकको गुनासो थियो ।

सो अवसरमा नेकपा एमालेका उम्मेदवारहरुले जनताका चाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । मतदाता सँग पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ, रोजगारी, कृषि उपजको बजारीकरण लगायतका बिकासका योजनासँग सम्बन्धित समस्याहरु समाधान गर्ने प्रतिबद्धता उनीहरुको छ । योजनाबद्ध रुपमा काम गर्दा बिकास निर्माणका कामहरु गर्न सकिने बताउँदै उम्मेदवारहरुले व्यवसायिक कृषि, गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी बाटोघाटो निर्माण तथा पशुपालनलाई प्रोत्साहन मिल्ने गरी आवश्यक नीति, नियम समेत बनाइने बताए हुन् ।

यस्तै नदी तथा खोलाबाट हुने भूक्षय नियन्त्रण गर्न तटबन्धन सहितका पूर्वाधार निर्माण गर्ने, वनजंगल, पर्यटकिय स्थल लगायतका प्राकृतिक सम्पदाको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गरिने उनीहरुले जनाएका छन् ।

यसैगरी बागलुङ क्षेत्र नम्बर २ (ख) का उम्मेदवार लक्ष्मण पुन मगर सहितको टोलिले पश्चिम बागलुङको निसिखोला ,तमानखोेला,गाउँपालिकाका र ढोरपाटन नगरपालिकाका बिभिन्न स्थानमा जभेटघाट गरिरहेको एमाले जिल्ला सचिव बिष्णु भुसालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img