लायन्स क्लब ३२५ के नेपालद्धारा बागलुङका बाढीपीडितलाई राहत

बागलुङ। लायन्स क्लब इन्टरनेशनल नेपाल डिस्ट्रिक्ट ३२५ के नेपालले बागलुङको निसीखोला गाउँपालिकाका बाढीपीडितलाई राहत सामग्री उपलब्ध गराएको छ।

गत असोज ११ गते आएको बाढीपहिरोबाट घरबारविहीन बनेका ३७ परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा भाँडाकुँडासहितका राहत सामग्री वितरण गरिएको हो।

चाडपर्वको समयमा बाढीपीडित परिवारलाई केही भए पनि राहत पुर्‍याउने उद्देश्यले क्लबले ब्ल्याङ्केट, डसना, चामल, दाल, नुन, तेल, प्रेसर कुकर र पानी राख्ने बाल्टीलगायतका सामग्री उपलब्ध गराएको जनाएको छ।

लायन्स क्लब अफ ढोरपाटन, लायन्स क्लब निसीखोला र लायन्स क्लब बुर्तिबाङको समन्वयमा उक्त राहत सामग्री गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती, उपाध्यक्ष प्रेमबहादुर घर्ती तथा वडा नम्बर ४ का अध्यक्ष टिकानिधि पौडेललगायतको रोहवरमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल नेपाल डिस्ट्रिक्ट ३२५ के नेपालका सिनियर एओजी राम सुवेदी, जनसम्पर्क अधिकारी छविलाल पाण्डे, जोन चियर पर्सन तेजिन्द्र खत्रि, लायन्स क्लब ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्ती,लायन्स  क्लब निसीखोलाका अध्यक्ष अशोक कार्की, लायन्स क्लब बुर्तिबाङका अध्यक्ष मनकुमारी कुँवरलगायत विभिन्न लायन्स क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

 

← Back

Thank you for your response. ✨

लायन्स क्लबहरूले बागलुङका निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकामा बाढीपहिरो प्रभावित परिवारको तथ्याङ्क संकलन गरी केन्द्रसँग समन्वय गरेपछि राहत सामग्री प्राप्त भएको हो। प्राप्त राहत सामग्री निसीखोलाका प्रभावित परिवारलाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ।

क्लबले आगामी दिनमा तमानखोला र ताराखोला गाउँपालिकाका बाढीपहिरो प्रभावित परिवारलाई समेत राहत उपलब्ध गराउने जनाएको छ।

लायन्स क्लबले विशेषगरी विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा खेलकुदका क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img