बागलुङ। नेपाली कांग्रेस क्षेत्रीय समितिको नेतृत्वमा तिहारको अवसर पारेर खेलिएको भैलोबाट ९ लाख ५० हजार रुपैयाँ संकलन भएको छ।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति दिपेन्द्र श्रेष्ठको नेतृत्वमा बागलुङको गलकोट नगरपालिकाको हटिया बजार र बडिगाड गाउँपालिकाका खौंलारामा देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य टेक राज पौडेल, जिल्ला सभापति तारा नाथ पौडेल, गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौबी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु, देउसी भैलो अभियानमा प्रदेश ‘क’ का सभापति बिरजंङ भण्डारी प्रदेश ‘ख’ का सभापति ढालेन्द्र छन्त्याल क्षेत्रीय सचिव योगेश भण्डारी, गलकोट नगरपालिका नगर सभापति हिमबहादुर भण्डारी, ढाोरपाटन नगरपालिका नगर सभापति दिपक कुमार अदै , बडिगाड गाउँपालिका सभापति रणबहादुर भुजेल, ताराखोला गाउँपालिका सभापति भिम बहादुर रोका वडा सभापतिहरु लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। विभिन्न वडाका पदाधिकारी तथा सदस्यहरूको विशेष उपस्थिति रहेको थियो
कार्यक्रममार्फत स्थानीय व्यापारी, शुभेच्छुक, समाजसेवी, नेता तथा कार्यकर्ताहरूबाट सहयोगस्वरूप उक्त रकम संकलन गरिएको हो।

क्षेत्रीय सहसचिव राजमान बुढामगरले भैलो कार्यक्रममार्फत संकलित रकमबारे जानकारी दिनुभएको हो।
तिहारको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आपसी सद्भाव, एकता र सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्यले भैलो कार्यक्रम आयोजना गरिएको जनाइएको छ। क्षेत्रीय समितिले सहयोग गर्ने सम्पूर्ण स्थानीयवासी, व्यापारी, शुभेच्छुक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ।

















