बडिगाड–९ मा पहिरोको उच्च जोखिम, १७ घर उच्च जोखिममा

बागलुङ ।

अविरल वर्षाका कारण बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलाका विभिन्न स्थानमा पहिरो खस्दा बस्ती तथा सडक उच्च जोखिममा परेका छन्। वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ। वडाका अनुसार पहिरोका कारण मोटरबाटो तथा पैदलमार्गमा समेत पूर्ण क्षति पुगेको छ। वडा कार्यालय, इलाका प्रहरी कार्यालय भीमगिठे लगायतका निकायबाट पहिरो प्रभावित तथा जोखिमयुक्त स्थान र घरगोठको अनुगमन भइरहेको जनाइएको छ।

वडाले सार्वजनिक गरेको विवरणअनुसार असारे टोल बल्थासका ३ घर, खाल्कोट–नुथला बल्थासका ४ घर, थालथोज–बल्थासका २ घर, घर्ती टोल–बल्थासका १ घर तथा खहरे, मयडुङ्गा, चर्चे, गाउँ र बसुन्धराका ७ घर पहिरोको उच्च जोखिममा रहेका छन्। त्यस्तै नरसिंह कुताखोला लघु जलविद्युत् आयोजनाको पावर हाउससमेत जोखिममा रहेको वडाले जनाएको छ। बाटासे–छिपछिपे र छिपछिपे–घर्ती टोल मोटरबाटोको माथिल्लो भागको जमिन धसिएकाले जुनसुकै बेला ठूलो पहिरो जान सक्ने भन्दै उक्त सडकमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

विद्यालय आवतजावत गर्ने बालबालिकालाई अभिभावकले एक्लै नछाड्नसमेत अनुरोध गरिएको छ। त्यस्तै धनगाडे र खानीटोपामा थप पहिरो गएको भन्दै काभ्राखर्क, सालफुङ, तोरीखर्कलगायत क्षेत्रबाट विद्यालय जाने बालबालिकालाई अभिभावकले सावधानीपूर्वक विद्यालय पुर्याउने र ल्याउने व्यवस्था गर्न भनिएको छ। पहिरोबाट क्षति भएका तथा अति उच्च जोखिममा रहेका घरपरिवारलाई नियमानुसार राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको वडा कार्यालयले जनाएको छ। अवरुद्ध मोटरबाटो मौसम अनुकूल भएपछि मर्मत गरी यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी भइरहेको सूचनामा उल्लेख छ।

बडिगाड–९ मा यसअघि पनि पहिरोका कारण ठूलो जनधनको क्षति भएको थियो। पछिल्लो समय पनि निरन्तर वर्षाका कारण जोखिम बढेको भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img