खेलकुद प्रतियोगितासहित ढोरपाटनमा जनैपूर्णिमा मेला तथा आलु महोत्सव सम्पन्न

ढोरपाटन ।
ढोरपाटन नगरपालिकाको आयोजनामा गत भदौ १० गतेदेखि सञ्चालन भएको जनैपूर्णिमा मेला तथा प्रथम ढोरपाटन आलु महोत्सव–२०८३ आठौँ दिनमा सम्पन्न भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण केही सांस्कृतिक कार्यक्रम स्थगित गरी खेलकुद प्रतियोगितालाई प्राथमिकता दिइएको थियो । नगरपालिकाले आज बाँकी कार्यक्रमसमेत सम्पन्न गर्दै महोत्सवको औपचारिक समापन गरेको जनाएको छ ।

महोत्सवअन्तर्गत आयोजित पुरुष भलिबल प्रतियोगितामा १८ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा चिनामनी समूह स्याङ्जा प्रथम, ढोरपाटन नगरपालिका–६ दोस्रो र ढोरपाटन नगरपालिका–७ तेस्रो भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः रु. २ लाख १ हजार १११, रु. १ लाख २१ हजार १११ र रु. ५१ हजार १११ सहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै महिला भलिबल प्रतियोगितामा चार समूहको सहभागिता रहेकोमा बुकिपाटन होटल प्रथम र गोरुजुरे फाउन्डेसन निसीखोला दोस्रो भएका छन् । प्रथम हुने टोलीले रु. १ लाख १ हजार १११ तथा द्वितीय हुने टोलीले रु. ५१ हजार १११ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

७ ‘ए’ साइड पुरुष फुटबल प्रतियोगितामा १७ समूह सहभागी भएका थिए । प्रतियोगितामा बुर्तिबाङ यूथ फुटबल क्लब प्रथम र ढोरपाटन नगरपालिका–७ दोस्रो भएका छन् । प्रथमले रु. १ लाख १ हजार १११ तथा द्वितीयले रु. ५१ हजार १११ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी भेट्रान्स पुरुष भलिबल प्रतियोगितामा ढोरपाटन नगरपालिका–६ प्रथम र निसीखोला गाउँपालिका–६ दोस्रो भएका छन् । प्रतियोगितामा १७ समूहको सहभागिता रहेको ढोरपाटन नगरपालिका–२ का अध्यक्ष भेकबहादुर खत्रीले जानकारी दिनुभयो ।

महोत्सवमा पुरुष तथा महिला खेलकुद, दौड, घोडा दौड, दोहोरी गीत, आलु महोत्सव एकल डान्स आइडल, पञ्चेबाजा मयाली भाका, जीवन संगीनी बोकेर दौड तथा रस्साकस्सीलगायतका प्रतियोगिता आयोजना गरिएको थियो । साथै उत्कृष्ट आलु प्रदर्शनी, स्थानीय मौलिक संस्कृति तथा विभिन्न झाँकी प्रदर्शनसमेत गरिएको थियो ।

कार्यक्रमको समापन ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले गर्नुभएको हो । समापन कार्यक्रममा बोल्दै उहाँले बाढीका कारण केही कार्यक्रम प्रभावित भए पनि स्थानीय कला, संस्कृति, कृषि तथा खेलकुदलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सफलतापूर्वक सम्पन्न गरिएको बताउनुभयो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img