ढोरपाटन नगरपालिका स्तरीय आधारभूत तहको परीक्षाफल प्रकाशन ।।

ढोरपाटन शिक्षा शाखाको आयोजनामा बागलुङको बुर्तिबाङमा ढोरपाटन नगरपालिका स्तरीय आधारभूत तहको  परीक्षाफल शुक्रबार  प्रकाशन गरिएको छ ।
ढोरपाटन शिक्षा शाखाका प्रमुख गणेश रावलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रशासकीय प्रमुख चिरञ्जीवी घिमिरेको विशिष्ट आतिथ्यता, वडा नम्बर १ का अध्यक्ष बान बहादुर छन्त्याल ,ढोरपाटन नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, बुद्धिजीवी, शिक्षा प्रेमी , लगायतको उपस्थिति रहेका थियो ।
शिक्षा क्षेत्रमा धेरै लगानी भएको भएयता पनि शिक्षामा परिणाम नआएका कारण ढोरपाटन नगरपालिका क्षेत्र भित्रका शिक्षा क्षेत्रलाई परिमाणमुखी बनाउने उद्देश्यले सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षाप्रेमीहरुको बिचमा २०८१ सालको आधारभूत तहको नतिजा प्रकाशन गरिएको हो ।
सामुदायिक विद्यालय र संस्थागत विद्यालय गरी २४ विद्यालयहरूबाट ६२० विद्यार्थीहरू सहभागी भएकोमा १८८
ग्रेडेडमा   २३३ जना अवर्गीकृतमा परेका छन् भने जम्मा ३० . ३२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै सामुदायिक विद्यालयतर्फका २१ विद्यालयबाट ५१० विद्यार्थी सहभागी भएकोमा १०८ ग्रेडेडमा परेका छन्  जम्मा २१. १८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् र संस्थागत तर्फ ३ विद्यालयहरूबाट   ११० विद्यार्थी सहभागी भएकोमा ८० जना ग्रेडेडमा गरी जम्मा  ७२. ७३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन ।
जसमध्ये ९२. १६  गरी  न्यु मोर्डन एकेडेमी प्रथम हुन सफल भएको हो ।
पालिका स्तरीय उत्कृष्ट नतिजा प्राप्त गर्ने सामुदायिक विद्यालयका छात्रा तर्फ ३. ७२ प्रतिशत लिइ ज्ञानेन्द्र मा .वि
का गोरव भट्टाराई प्रथम भएका हुन  र छात्र तर्फ ३. ६ प्रतिशत अंक प्राप्त गरी उत्तर गंगा मा. वि  का निशा खनाल  दितृय भएकी छिन अति संस्थागत विद्यालयको छात्रतर्फ ३. ७८ प्रतिशत अंक प्राप्त गरी न्यू मोर्डन मा विका दिया घर्ती मगर  प्रथम भएकी छिन भने छात्रातर्फ ३.६४ अङ्क प्राप्त गरी न्यू मोर्डन माविका शिशिर लोपचन तामाङ प्रथम भएका छन ।
कार्यक्रम ढोरपाटन शिक्षा शाखाका निमित्त प्रमुख ज्ञान प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img