तमानखोला गाँउपालिकाको आयोजनामा महिला अभिमुखीकरण कार्यक्रम ।।

 बागलुङको बोङगादोभानमा तमानखोला गाँउपालिकाको आयोजनामा महिला अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ  ।
सबै महिलाका लागि समान अवसर , समान अधिकार ,समानुपातिक तथा अर्थपूर्ण  प्रतिनिधित्व र, न्याय , सुरक्षामा सहज पहुँचलाई सुनिश्चित गर्दै सबै सरकारी तथा गैरसरकारी निकायहरु, निजी क्षेत्र लगायत समाजका सबै क्षेत्रका नीति नियम निर्माण, सांगठनिक संरचना तथा कार्यक्रमहरूमा लैङ्गिक समता र समानता, संस्कृतिको प्रवर्द्धन तथा सुदृढीकरण गर्ने , स्थानीय आमा समुहका प्रतिनिधि, महिला जनप्रतिनिधिहरूका लागि नीति नियम निर्माण , स्थानीय सरकारको बजेट विनियोजन ,कानुन निर्माण लगायतका कुरामा प्रोत्साहित गर्ने उद्देश्यले महिला अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।
तमानखोला गाँउपालिकाको महिला तथा बालबालिका संयोजक भिम कुमारी छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा तमानखोला गाँउपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको मन्तव्य ,आमा समुहका प्रतिनिधि ,महिला जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा उपाध्यक्ष हिरा कुमारी छन्तयालले बोल्दै परिवार ,समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई महिला र पुरुष दुवैमा बराबर बितरण हुने परिवेशको निर्माण गर्नुपर्ने औंल्याउदै उनले लैङ्गिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएकोले दुवै पक्षको समान र सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।
समाजका सीमान्तीकृत समुदायको हित र कल्याणका लागि सामाजिक सुरक्षाको क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी बदाउनु पर्ने र युवा जनशक्तिको परिचालन मार्फत स्वदेशी उत्पादन तथा उत्पादकत्व बुढाऐर स्थानीय सरकार ,वडा स्तर देखी नै अर्थतन्त्रको विकास गर्नुपर्ने सुझाव दिइन
स्थानीय महिला आमा समूह ,महिला जनप्रतिनिधि , लगायत स्थानीय महिलाहरूलाई अधिवक्ता सुस्मिता पौडेले महिलाहरूको काम कर्तव्य , हक अधिकार ,कानुनी प्रावधान लगायतका विषयवस्तुमा  प्रशिक्षण दिनुभएको हो ।  महिला विरुद्ध धार्मिक ,सामाजिक, सांस्कृतिक ,परम्परा, प्रचलन वा अन्य कुनै आधारमा  शारीरिक ,मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य ,शोषण गर्न पाइने  छैन ।
त्यस्तो कार्य  प्रचलित कानून बमोजिम दण्दनीय हुनेछ र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई प्रचलित कानून बमोजिम क्षतिपूर्ति पाउने हक रहेको जस्ता विषयमा प्रशिक्षण दुईएकको हो ।
कार्यक्रम बसन्त बुदा मगरको सञ्चालनमा सम्पन्न भएको हो ।     

 

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img