बुर्तिबाङमा प्रहरीको स्वास्थ्य परिक्षण ।

फागुन ६ गते बुर्तिबाङ
इलाका प्रहरी कार्यालय बुर्तिबाङमा कार्यरत प्रहरीको मंगलबार स्वास्थ्य परिक्षण गरिएको छ ।

बुर्तिबाङ प्रादेशिक अस्पत्तालबाट डा. र स्वाथ्य कर्मी सहितको टोलीले प्रहरीको स्वास्थ्य चेकजाँच संगै आवस्यक परामर्श दिइएको हो। प्रहरीमा हुने कार्यव्यस्तता, अव्यवस्थित खानपान, आरामको कमी जस्ता समस्याका कारण हुन सक्ने समस्यालाई निराकरण गर्न र स्वास्थ्यमा हुन सक्ने जोखिमलाई समयमै नियन्त्रण गर्नका निम्ती शिविरको आयोजना गरि स्वास्थ्य परिक्षण गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले बताउनु भयो ।

शिविरमा शरिरको तौलको जाँच र हाईट मार्फत विएमआई परिक्षण, रगतको मात्रा, एमोग्लोविन, युरिन ,पिसावको अवस्था जाँच, सुगर, प्रेशस, कोल्डस्टोर लगाएतको परिक्षण गरिएको बुर्तिबाङ प्रादेशिक अस्पत्तालका प्रमुख डा. नविन्द्र ढकालले बताउनु भयो ।
शिविरमा प्रहरीको विएमआई जाँच गर्दा बढि देखिएको र प्रेसर सुगर लेवल बढि देखिएका कारण त्यसलाई रोक्नका निम्ती थप सचेत बनाइएको स्वास्थ्य कर्मीको भनाई छ । आफनो शरिरको अवस्था र समस्याको विषयमा चेकजाँच र परामर्श पाएसंगै प्रहरीले खुसि व्यक्त गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित