
निसीखोला भाद्र २० गते
मानब बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवश बागलुङको निसीखोला गाउँपालिकामा बुधबार सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजना तथा निसीखोला गाउँपालिकाको समोन्यमा अन्र्तक्रृया कार्यक्रम बुधबार गाउँपालिका कार्यालयमा सम्पन्न भएको हो ।
आयोजित कार्यक्रमका अवसरमा प्रमुख अतिथीको रुपमा रहनु भएका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बोल्दै मानव बेचबिखन बिरुद्धको ऐन २०६४ जारि भएदेखि नेपालमा मानब बेचबिखन विरुद्धको दिवश मनाउन सुरु गरिएको र ऐन बनेदेखि थुप्रै मानव बेचविखन विरुद्धका घटनामा राज्यले काम गरेको प्रस्ट पार्नुभयो
नेपालको परिबेशमा पछिल्लो समय मानब बेचबिखनका घटना गतल बाटोबाट विभिन्न देशहरुमा युवा युवतीलाई छुठो आश्वासन दिएर लैजाने र उनिहरुबाट श्रम शोषण, र अनावस्यक काममा प्रयोग गर्ने गरिएको बताउँदै पछिल्लो समय बैदेशिक रोजगारिमा पठाउने प्रलोभनमा लाखौँ रुपैयाँ ठगी समेत हुने गरेको तथ्यांक बढि हरेको बताउन भयो ।
मानब बेचबिखनको आधिकारीक तथ्यांक आफसंग नभएपनी पछिल्लो समयमा बैदेशिक रोजगारिको बहानामा बढि ठगिको माध्यमबाट मानब बेचबिखन हुने गरेको बताउँदै यसलाई रोक्नका निम्ती सम्बन्धित व्याक्ति, स्थानीय सरकार, राजनैतिक दल, युवा वर्ग , कर्मचारी ,प्रहरी सबैको समोन्यकारी भुमिका रहनुपर्ने बताउनु भयो ।
नेपालमा हाल १० ठाउँमा पुनः स्थापना केन्द्र रहेको बताउँदै मानब बेचबिखनमा परेका र समाज परिवारबाट समेत अपहेलित भएका पिडितलाई पुनः स्थापना केन्द्रमा राख्ने काम समेत भइरहेको बताउनु भयो
कार्यक्रमका अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले मानव तस्करले मानव बेचविखनमा प्रयोग गर्ने अस्त्र, मानव वेचविखन र ओसारपसारका कारणहरु, रोकथामका उपाय र मानव बेचबिखन नियन्त्रणका लागी सम्बद्ध कानुन लगाएतका विषयमा प्रष्ट पार्नुभएको हो ।
निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाही, निसीखोला गाउँपालिका पुर्व अध्यक्ष तारानाथ पौडेल, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राज कुमार वि.क., नेकपा एमालेका भुमिराज घर्ति, नेकपा माओबादी केन्द्रका हिरा बहादुर पुन, वडा नं. ३ का पुर्व वडा अध्यक्ष जुन विक्रम शाही नेकपा एमालेका रुद्ध पौडेल, वडा अध्यक्ष कुविर वि.क., स्थानीय चिरन्जिवी पौडेल, भोटु कुमारी चन्द, गुञ्ज बहादुर भण्डारी लगाएतले आफनो धारणा राख्दै मानव बेचविखनका घटना सँगै समाजमा हुने विकृती, बिसंगती, भेदभाव, जुवातास, लागुऔषध दुब्यशनी जस्ता समाजलाई दुर्गन्धित बनाउने घटनामा समेत सिंगो समाज एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका हुन । आयोजित कार्यक्रमका अवसरमा जनप्रतिनिधी, कर्मचारी, राजनैतिक दलका प्रतिनिधी, पत्रकार, प्रहरी, स्थानीय लगाएतको उपश्थिती रहेको थियो
कार्यक्रम निसीखोला गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्दको स्वागत, सुचना अधिकारी पुरसोत्तम गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।