बडिगाड ९ मा सुत्केरी महिलाहरूको लागि पोषण सामाग्री

तिलक मगर,बडिगाड 

बडिगाड गाउँपालिका वडा नं ९ को आयोजना तथा बडिगाड स्वास्थ्य शाखाको समन्वयमा सुत्केरी महिलाहरूको लागि पोषण सामाग्री बितरण गरिएको छ ।

बुधबार दर्लिङ स्वास्थ्य चौकीमा साउन महिना देखि माघ मसान्तसम्म भएका २० जना सुत्केरी महिलाहरुको लागि ४ हजार बराबरको पोषण सामाग्री बितरण गरिएको हो । साथै उक्त कार्यक्रममा एकीकृत ग्रामिण मोबाइल स्वास्थ्य सेवाका सम्पुर्ण सेवाहरु पनि प्रदान गरिएको थियो । एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रममा आधारभुत स्वास्थ्य अस्पताल ग्वालीचौरमा कार्यरत डा. अजयकुमार महतोद्वारा बिरामिहरुको स्वास्थ्य चेकजाँच गरिएको थियो। साथै मेरि स्टोप्स नेपालकी उषा चन्द ठकुरीद्वारा महिलाहरुको पाठेघरको स्वास्थ्य जाँच गरिएको हेल्थ असिस्टेन्ट हेम पुनले बताउनुभयो ।

बडिगाड गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष कृष्ण बहादुर के.सिको अध्यक्षता रहेको उक्त पोषण सामाग्री बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको प्रमुख आतिथ्यता, उपाध्यक्ष भिमसेन वन र प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीको बिशिस्ट आतिथ्यता तथा कार्यपालिका सदस्य, वडा सदस्य, सुनौला १००० दिन भित्रका गर्भवती महिला, सुत्केरी महिला, महिला स्वास्थ्य स्वयम् सेविका लगायतको सहभागीता रहेको थियो ।

साथै सोही अवसरमा १ दिने स्वास्थ्य शिविर पनि सम्पन्न भएको छ । शिविरमा ३३ जनाको पाठेघरको मुखको क्यान्सर जाँच, २८ जना गर्भवतिहरुको भिडियो एक्स रे सेवा, ४ जनाको इम्प्लान्ट राखेको र ३ जनाको निकालिएको, ११ जनाको युरिक एसिड जाँच लगायत गरि ३८५ जनाले शिविरबाट सेवा लिएका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित