व्यवहारबाट जनताको विश्वास जित्नुपर्छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले निर्वाचनबाट प्राप्त शक्तिलाई दम्भ र प्रतिशोधको माध्यम बनाउने छुट कसैलाई नभएको बताउनुभएको छ ।

शुक्रबार चितवनमा पार्टीको कार्यक्रममा विशेष सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले सरकारको नेतृत्व गरिरहेको पार्टीका नेता तथा कार्यकर्ताले सत्ता र शक्तिको उन्मादमा नभइ जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

पार्टीको नेता तथा कार्यकर्ताको व्यवहार, गतिविधि र कार्यशैलीलाई समाजले नजिकबाट नियालिरहेको भन्दै उहाँले आलोचना गर्ने अवसर दिन नहुने धारणा राख्नुभयो । ‘समाजले देखाएको कमजोरी स्वीकार गरेर सुधारको बाटोमा अघि बढ्नु राजनीतिक परिपक्वता हो’ उहाँले थप्नुभयो, “सत्तामा छौं, ठुला पार्टीको नेता कार्यकर्ता हौं भनेर ठालू पल्टिने छुट कसैलाई छैन, त्यो हाम्रो राजनीतिक चरित्र पनि होइन ।”

लामिछानेले विगतमा रास्वपामा आबद्ध भएकै कारण आफ्ना नेता तथा कार्यकर्ताले विभिन्न किसिमको राजनीतिक प्रताडना भोग्नुपरेको स्मरण गर्नुभयो । ‘हिजोका सरकारबाट हामीमाथि अपमान भयो, प्रतिशोध साँधियो भन्दैमा आज प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम हामीबाट पनि हुन्छ भनेर कसैले नसोचे हुन्छ, त्यस्ता गतिविधीले हामीलाई परसम्म लग्दै भन्ने कुरा हामीले राम्ररी बुझेका छौ ।’

सभापति लामिछाने भन्नुभयो, ‘ढुक्क हुनुस्, जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग कोहिकसैबाट हुदैन ।’ साथै उहाँले पार्टी र सरकारबिचको सम्बन्धमा दरार सिर्जना गर्न बिभिन्न पक्ष लागिपरेकाले त्यस्तो हल्ला र अफवाहमा विश्वास नगर्न समेत नेता कार्यकर्तालाई आह्वान गर्नुभयो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img