गिफ्ट, ढोरपाटनको आयोजनामा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बागलुङ । ढोरपाटन जनैपूर्णिमा मेला तथा प्रथम आलु महोत्सव–२०८३ को अवसरमा आयोजित विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। बिहीबार ढोरपाटन नगरपालिका–९ मा वातावरण संरक्षण, दिगो पर्यटन विकास तथा सामाजिक जागरणका विषयमा प्रतियोगिता आयोजना गरिएको हो।

पर्यावरण, दिगो पर्यटन विकास र वातावरणीय संरक्षणका क्षेत्रमा सामाजिक काम गर्दै आएको गिफ्ट, ढोरपाटनको आयोजनामा भएको प्रतियोगितामा ढोरपाटन क्षेत्रका विभिन्न ११ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा रिभरहेड बोर्डिङ स्कुलकी छात्रा प्रसिद्धी कँडेल प्रथमन्यू मोर्डन एकेडेमीकी छात्रा दिया घर्ती द्वितीय र प्रभा माध्यमिक विद्यालयका केशव चालिसे तृतीय भएका छन्। त्यस्तै प्रकाश माध्यमिक विद्यालयकी उषा घर्तीले सान्त्वना स्थान हासिल गरेकी छन्।

संस्थाका अनुसार विद्यार्थीहरूमा वक्तृत्वकला, नेतृत्व क्षमता, सिर्जनशीलता तथा वातावरण र पर्यटनप्रतिको सकारात्मक सोचको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। ढोरपाटनको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना तथा वातावरण संरक्षणका विषयमा विद्यार्थीलाई सचेत गराउँदै स्थानीयस्तरमै वातावरणमैत्री पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यसमेत प्रतियोगिताको रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः रु. १२ हजार ५ सय, ८ हजार ५ सय, ६ हजार ५ सय र ३ हजार ५ सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ।

गिफ्ट, ढोरपाटनले “Green Identity for Tomorrow” भन्ने मूल भावनासहित वातावरण संरक्षण, दिगो पर्यटन विकास तथा सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ। संस्थाले यस्ता कार्यक्रममार्फत नयाँ पुस्तालाई आफ्नो क्षेत्रको प्राकृतिक सम्पदा संरक्षणसँगै पर्यटन विकासमा जिम्मेवार र सक्रिय बनाउन खोजेको जनाएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img