घर संरचनाका कारण रोकिएको सालझण्डी ढोरपाटन सडक निर्माणलाई निरन्तरता दिन पहल ।

चैत्र १५ गते ढोरपाटन
सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत सडकको दायाँ र बायाँ रहेका घर संरचनाका कारण बागलुङको ढोरपाटन नगरपालिकाको विभिन्न वडा क्षेत्रमा सडक निर्माणमा समस्या सृजना भएको छ ।
सरकारले तत्काल मुआब्जा नदिने देखिएपछि सडक छेउँमै रहेका संरचना हटाएर सडक निर्माणमा समस्या भएको हो ।
ढोरपाटन नगरपालिकाको वडा नम्बर ५,७,८ र ९ नम्बर वडाका करिब डेढ सय नागरीकको संरचना १० मिटर सडक निर्माण चौडा गर्दा हटाउनु पर्ने अवस्था देखिएको छ ।
शनिबार ढोरपाटन नगरपालिका ८ का नागरीक संग निर्माण कम्पनी, गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँर, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, संघर्ष समितीका संयोजक चुना घर्ति मगर लगाएत स्थानीय नागरीकको विचमा सडक निर्माणलाई निरन्तरता दिने विषयमा अन्र्तक्रिया गरिएको हो । छलफलका क्रममा घर टहरा हटाउनु पहिले सरकार समक्ष मुआब्जाको निम्ती पहल गर्ने, स्व इच्छाले संरचना हटाएर मार्ग प्रसस्त गर्न पनी सकिने र तत्काल ग्रावेल गर्नका निम्ती अगाडी बढ्ने विषयमा निर्णय गरीएको हो ।
स्थानीय नागरिकले हाल सडक निर्माणको कामलाई निरन्तरता दिँदै कालो पत्रे हुँदा सम्म घर संरचना हटाउने गरी त्यसका निम्ती मुआब्जा आवस्यक रहेको बताएका हुन । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले बोल्दै विकास र समृद्धिका निम्ती सबैको साथ सहयोग र अपनत्व आवस्यक पर्ने भएका कारण घर नहटाई कन अन्य स्थानमा सहज वातावरण सृजना गरिदिन स्थानीय नागरिकसँग अपिल गर्नुभयो । समयमा ग्रोवेलिङ सम्पन्न गर्न आफुहरुले निरन्तर पहल गरिरहेका कारण विकास र समृद्धिलाई सहमतीको माध्यमबाट अगाडी बढाउनुको विकल्प नरहेको बताउनु भयो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै स्थानीय नागरीकसँग आफुहरु संगै रहेका कारण नागरीकको विचल्ली पनी हुन नदिने र विकास पनी संगै अगाडी बढाउनु पर्ने भएका कारण सहमती अनुसार सडकलाई अगाडी बढाउनुको विकल्प नरहेको बताउनु भयो । कार्यक्रममा संघर्ष समितीका संयोजक चुना बहादुर घर्तिले बोल्दै विकासका क्रममा थोरै धेरै क्षती हुन सक्ने भएपनी अन्तत विकास सबैका लागी भएका कारण स्थानीय नागरीकले विवेक प्रयोग गरेर सडक निर्माणलाई निरन्तर अगाडी बढाउनुको विकल्प नरहेको बताउनु भयो ।

विवादका कारण रोकिएको काम तत्काल अगाडी बढाउने तयारी अगाडी बढाइने भएको निर्माण कम्पनीका प्रतिनिधी दाल बहादुर कुवँरले बताउनु भयो । उहाँका अनुसार सडकको करिब ८० प्रतिशत भौतिक प्रगती सम्पन्न भएको छ । करिब ७ किलोमिटर ग्रावेलिङ भइसकेको र अन्य क्षेत्र अन्तिम चरणमा रहेका कारण असार मशान्त भित्रै काम सक्ने गरी अगाडी बढिएको बताउनु भयो । बुर्तिबाङ देखि फल्लेघर सम्म २२ किलोमिटर सडक स्वच्छन्द जेभी निर्माण कम्पनीले ग्रावेल निर्माणको जिम्मा पाएको हो ।
कार्यक्रममा वडा अध्यक्ष भद्रमणी सुनार, स्थानीय युवाहरुको धारणा रहेको थियो । कुशल विश्वकर्माको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img