तमानखोला अन्तर्गत तमान, हिले, लाम्मेला लगायतका बस्तीमा सडक नखुल्दा आवतजावतमा अत्यन्तै कठिनाई ।।

तमानखोला २०८२ कार्तिक ३ ,
तमानखोला गाउँपालिका अन्तर्गत तमान, हिले, लाम्मेला लगायतका बस्तीका स्थानीयवासीले सडक नखुल्दा आवतजावतमा अत्यन्तै कठिनाइ भएको गुनासो गरेका छन् ।
वर्षा र पहिरोका कारण सडकमा अवरुद्ध बनेको भए पनि तिहार लाग्दासम्म पनि सडक सफाइ र मर्मत सम्पन्न नहुनुले स्थानीयहरू निराश बनेका छन् ।
तमानखोलाका दुर्गम वडामा आन्तरिक बाटोहरू सफा भइसकेका छन् तर मुख्य राजमार्ग सरहको बोगांदोभान–रिक्लाङ–तमान सडकखण्ड अझै खुल्न सकेको छैन। यस कारण यात्रु र सवारी चालकहरू ढोरपाटन नगरपालिकाको खुंगा–छोरेगाँउ हुँदै बुर्तिबाङ जोडिने जोखिमयुक्त वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् ।
यो वैकल्पिक बाटो साँघुरो, बिग्रिएको र धेरै समय लाग्ने भएकाले यात्रुहरूले सुरक्षा जोखिम र समय दुवै समस्या व्यहोर्नु परेको बताउँछन्। साथै, बोगांदोभान, खुखानी र बोंगाखानीतर्फ आवतजावत गर्ने यात्रुहरू समेत अहिले धाइबाङ हुँदै घुमेर जान बाध्य छन् ।
स्थानीय बासिन्दाहरूले तिहारको भीडमा समेत सडक सञ्चालनमा ल्याउन ढिलाइ हुनु प्राविधिक निकायको उदासीनता भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार केही ठाउँमा सडक सफा गर्ने काम सुरु भए पनि निरन्तर अनुगमन र उपकरणको अभावले प्रगति हुन सकेको गुनासो गरेका छन् ।
सवारी चालकहरूको अनुसार, सडक खुलेको भए सामान ढुवानीदेखि दैनिक आवतजावत सहज हुने बताएका छन्, तर अहिले सवारी साधन चलाउनै जोखिमपूर्ण बनेको उनीहरूको धारणा छ ।
तमानखोला गाउँपालिका क्षेत्रका स्थानीयले सम्बन्धित निकायलाई तत्काल सडक सफाइ, पहिरो पन्छाउने र मर्मत कार्य तीव्र बनाउन आग्रह गरेका छन् ।
“बुर्तिबाङ बजार तमानखोलाको आर्थिक केन्द्र भएकाले यो सडक सञ्चालन नहुँदा गाउँको आपूर्ति प्रणाली नै प्रभावित भएको” व्यवसायीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img