२०८२ कार्तिक ३ बुर्तिबाङ ,
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ ।
उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बीबीसीले स्थानीय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारको हवाला दिँदै दुर्घटनामा मृत्यु भएका उनीहरू दुवै जना ‘ग्राउन्ड स्टाफ’ ९जमिनमा काम गर्ने कर्मचारी० थिए ।
विमान उनीहरू सवार सवारी साधनमा ठोक्किँदा समुद्रमा खसेको थियो । विमान पनि चिप्लिएर समुद्रमा खसेको बीबीसीमा समाचार छ ।

स्थानीय समयानुसार सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा दुर्घटना भएको बताइएको छ । विमानमा सवार चालक दलका चार सदस्यहरूको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल लगिएको छ ।
इमिरेट्सको उडान ईके ९७८८ को बोइङ गएराति हङकङमा अवतरण हुँदै थियो । विमान टर्कीको कार्गो एयरलाइन एयर एसीटीको बोइङ ७४७–४८१ विमान हो ।