बुर्तिबाङमा आजदेखि देउसी–भैलो खेल्न सुरु ।।

२०८२ कार्तिक २ बुर्तिबाङ,
बागलुङ जिल्लाको बुर्तिबाङ क्षेत्रमा आजदेखि देउसी,भैलो औपचारिक रूपमा सुरु भएको छ ।
तिहार पर्वको सुरुवाती दिनसँगै स्थानीय युवायुवती, बालबालिका र समाजका विभिन्न समूहले देउसी–भैलोको तयारी पूरा गरी घर–घरमा पुगी खेल्न थालेका छन् ।
बुर्तिबाङ बजार र आसपासका बस्तीहरूमा बेलुकीपख सांस्कृतिक माहोल सृजना भएको छ ।

बजार क्षेत्र लगायत आसपासका सबै तिर झिलिमिलि भइरहेका छन् । परम्परागत पोसाक र वाद्ययन्त्रसहितका टोलीहरूले “देउसी रे. र “भैलो.गीतका स्वरले गाउँ सहरभरि गुन्जायमान बनाएका छन् ।

स्थानीय बासिन्दा पनि उत्साहपूर्वक सहभागी हुँदै देउसी,भैलो खेल्ने समूहलाई दक्षिणा, मिष्ठान्न र फलफूल दिएर स्वागत गरिरहेका छन् ।
तिहार पर्वले सामाजिक एकता, सद्भाव र आपसी सम्बन्ध सुदृढ बनाउने अवसर प्रदान गर्ने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन् ।
देउसी,भैलो खेल्ने क्रममा संकलित रकम सामाजिक, धार्मिक तथा सामुदायिक कार्यमा खर्च गर्ने परम्परा पनि यहाँ कायम रहेको छ ।
बुर्तिबाङका टोलटोलमा आउने केही दिन देउसी–भैलोको उल्लासले रातभर चहलपहल रहँदै जाने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img