तिहारमा मौसम सामान्यतया सफा रहने ।।

२०८२ कार्तिक २ बुर्तिबाङ,
तिहारमा मौसम सामान्यतया सफा रहने भएको छ ।

तिहारका बेला देशका पहाडी भागका एक, दुई ठाँउमा छिटपुट पानी पर्न सक्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले भोलि लक्ष्मीपूजाका दिन देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक, दुई ठाँउमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

यसैगरी भाइटिकासम्म नै सबै प्रदेशका पहाडी भू–भागका एक, दुई ठाँउमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img