२०८२ असोज ३० बुर्तिबाङ ,
बागलुङको निसीखोला गाँउपालिका देविस्थानमा सञ्चालित देविस्थान बहुउद्देश्य सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा तथा ७ औँ अधिवेशन विहिबार संस्थाको कार्यालय कान्छीबजारमा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा आयोजीत कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगर प्रमुख आथ्यितामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि घर्ती मगरले सहकारीले स्थानीय रुपमा बचत र आर्थिक सशक्तीकरणमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त रूपमा सहकारी अभियान अघि बढाउन सुझाव दिनुभयो ।
सहकारी हुने खाने र हुँदा खाने विचको दुरीलाई आर्थिकका माध्यमबाट नजिक ल्याउने र सहकारीको माध्यमबाट सरल र सहज सेवा मार्फत आर्थिक उर्पाजन, लघु उद्यम, स्वरोजगार बृद्धिमा टेवा पुग्ने माध्यम रहेको बताउँदै सहकारीको विकास र सहकारी मार्फत कृषिको विकासमा गाउँपालिकाले आवस्यक सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमका अवसरमा विशिष्ठ अतिथी त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाका संरक्षक नेत्रलाल चालिसे, निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विश्वकर्मा, पत्रकार छविलाल पाण्डे, संस्थाका सल्लाहकार भविन्द्र बहादुर कुवँर, देवि दोभान सहकारी संस्थाका अध्यक्ष लाल कुमारी रामजाली, रत्न राज्य लक्ष्मी माविका प्रध्यानाध्यापक मान बहादुर के.सी लगाएतको शुभकामना मन्तव्य रहेको हो ।
मा सहकारीका उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीहरूले आर्थिक विवरण र आगामी वर्षका योजनाहरूका बारेमा चर्चा गरेका थिए । सहकारीका बारेमा सदस्यहरूले सल्लाह ,सुझाव, समीक्षा तथा छलफल गरेका थिए ।
सो अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणी र सहकारीमा विशेष योगदान पु–याउने सदस्यहरूलाई सम्मान पनि गरिएको थियो । सभामा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सहकारीका सल्लाहकार, सदस्य तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।


कार्यक्रम तेजीन्द्र शर्माको स्वागत संस्थाका सचिव ओमलाल खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।
त्यस्तै संस्थाको सतौँ अधिवेशनबाट टेक बहादुर सर्वसहमत अध्यक्ष रहेको समितीको गठन गरिएको छ । समितीको उपाध्यक्षमा आत्माराम चालिसे, सचिव तेजीन्द्र कुमार शर्मा, कोषाध्यक्ष तम बहादुर कुवँर , सह सचिव सुन्दर बुढाथोकी रहेको समिती गठन गरिएको हो ।
त्यस्तै समिती सदस्यमा भिम बहादुर घर्ती ए, टँकलाल उपाध्याय, श्री प्रसाद वि.क., देवि खड्का चयन हुनुभएको हो । लेखा सुपरीवेच्छेण समितीमा ओमलाल खत्री संयोजक रहेको ३ सदस्य समितीको गठन गरिएको छ । समितीको सदस्यमा हुम बहादुर घर्ति र नोक बहादुर खत्री चयन हुनुभएको छ ।
२०६५ सालमा स्थापना भएको सहकारीमा हालसम्म ५६९ सेयर सदस्य, दुई करोड २० लाख बढिको सेयर पूजी संलकन गर्न सफल भएको छ । निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका कार्यक्षेत्र रहेको सहकारीले आर्थिक बर्ष २०८२ असार सम्मको एक बर्षमा ४१ लाख ४८ हजार मुनाफा गर्न सफल भएको हो ।
आफनै प्रशासनिक भवन निर्माण गर्दे आएको सहकारीले सेयर सदस्यको समस्या र आवस्यकता अनुसार अगाडी बढ्दै आएको संस्थाका अध्यक्ष टेक बहादुर पुनको भनाई छ । दुई कार्यकाल सहकारी संस्थाको अध्यक्ष बिताएका पुन सातौँ अधिवेशमा सर्व सहमतीबाट तेस्रो कार्यकालका निम्ती सहमती वमोजिम नेतृत्वमा होमिनु भएको हो ।










