२०८२ असोज २५ , बुर्तिबाङ ,
बागलुङको ढोरपाटन नगरपालिकामा जारी वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आज सम्पन्न लिग चरणसँगै रोमाञ्चक मोडमा पुगेको छ ।
प्रतियोगितामा कुल १२ टिम सहभागी भएका छन् । आजसम्मको लिग चरणका खेलहरू सम्पन्न भएसँगै भोलिदेखि दोस्रो चरणका खेलहरू सुरु हुने खेल संयोजक देव विश्वकर्माले जनमारी दिनुभएको छ ।
यसैगरी, महिला भलिबलतर्फ भोलि दिउँसो १२ बजे तीन सेटको खेल सञ्चालन हुने तय गरिएको छ । त्यस्तै, ३५ वर्षमाथिका खेलाडीहरूबीचको भलिबल प्रतियोगितामा फाइनल प्रवेश गर्न गल्कोट नगरपालिका–७ र ढोरपाटन नगरपालिका–६ सफल भएका पुगेका छन् ।
यी दुई टिमबीच भोलि फाइनल खेल हुने जानकारी आयोजक समितिले दिएको छ । भलिबल प्रतियोगितासँगै भोलिको कार्यक्रमलाई थप आकर्षक बनाउनका लागि रस्साकस्स प्रतियोगिता तथा राष्ट्रिय कलाकार ईश्वर सिंहको विशेष सांगीतिक प्रस्तुति समेत रहनेछ। स्थानीय युवाको उत्साह, खेलप्रेमी दर्शकहरूको उपस्थितिले कार्यक्रमलाई उत्सवमय बनाएको आयोजकले जनाएको छ ।
सम्पूर्ण प्रतियोगिता खेलकुदको माध्यमबाट आपसी सम्बन्ध सुदृढ गर्ने र स्थानीय प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।
बुर्तिबाङ राइजिङ युवा क्लव द्धारा आयोजित कोजाग्रत पुर्णिमा मेलाको लिग चरण सम्पन्न ।।

