ढोरपाटनमा राष्ट्रिय जनमोर्चाको भ्रष्टाचारविरुद्ध विरोध सभा सम्पन्न ।। 

२०८२ साउन २७ , बुर्तिबाङ,

राष्ट्रिय जनमोर्चा पार्टी कमिटी ढोरपाटन बागलुङको भ्रष्टाचार विरुद्ध विरोध सभा मङ्गलबार बुर्तिबाङको लक्ष्मीमार्गमा सम्पन्न भएको छ । 

कार्यक्रम राष्ट्रिय जनमोर्चा पार्टी कमिटी ढोरपाटन बागलुङका केन्द्रिय सदस्य गौरीश्वर पाण्डेको अध्यक्षतामा स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले विभिन्न तहका सरकारी निकाय तथा जनप्रतिनिधिहरूमा बढ्दो भ्रष्टाचारको प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सुधारको माग गरेका थिए । 

उनीहरूले जनताको करबाट सङ्कलित रकम दुरुपयोग भएको, योजना तथा विकास निर्माणमा पारदर्शिता नअपनाइएको, र जनताले पाउनु पर्ने सेवासुविधा असर परेको जस्ता आरोपहरू सार्वजनिक रूपमा राखे । सहभागीहरूले ‘बद्दो भ्रष्टाचार नियन्त्रण गर’, ‘ भ्रष्टाचारीलाई कारवाही गर ’ जस्ता नारासहित प्रदर्शन गरेका थिए । राष्ट्रिय जनमोर्चाले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरी भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने र जनतालाई सचेत गराउने प्रतिबद्धता जनाएको छ। 

कार्यक्रममा केन्द्रिय सदस्य गौरीश्वर पाण्डले बोल्दै स्थानीय निकायदेखि सङ्घीय संरचनासमेतको शासन, प्रशासनमा व्यापक रूपमा फैलिएको भ्रष्टाचारलाई राष्ट्र र समाजको प्रगतिको मुख्य अवरोध भएको बताएका थिए । उनीहरूले बजेट वितरणदेखि निर्माण कार्यसम्म पारदर्शिता नअपनाइएका कारण विकास योजनाहरू जनतामैत्री नभएको र भ्रष्टाचारले सेवासुविधाको गुणस्तरमा सीधा असर पारेको आरोप लगाए ।

वक्ताहरुले जनताको कर तथा सार्वजनिक स्रोतलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति तत्काल रोक्नुपर्ने चेतावनी दिए । उनीहरूले भ्रष्टाचारमा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आह्वान गरे । 

साथै, विकास कार्यको हरेक चरणमा जनतामार्फत निगरानी र मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारको जड उखेल्न दीर्घकालीन सङ्घर्ष आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय जनमोर्चाले आगामी दिनमा यस्ता विरोध सभा, जनचेतना र्याली तथा हस्ताक्षर अभियानजस्ता गतिविधि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img