लायन्स क्लबद्वारा जनकल्याण आ.वि.का विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

बुर्तिबाङ, बागलुङ । सामाजिक सेवामा क्रियाशील लायन्स क्लबले ढोरपाटन नगरपालिका–३, सामास्थित जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत १०० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

लायन्स क्लब अफ काठमाडौं आवद्ध तथा लायन्स क्लब अफ ढोरपाटनको समन्वयमा विद्यार्थीहरूलाई चिसोबाट बच्न न्यानो स्विटर, टोपी, मोजा तथा आवश्यक स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट एड्भाइजर चिफ मिनराज काफ्ले, लायन्स क्लब अफ काठमाडौं आवद्ध संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ सुनिता मरठाको सक्रियतामा उक्त सहयोग उपलब्ध गराइएको हो ।

विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, भोकमरी न्यूनीकरण, वातावरण तथा खेलकुदलगायतका क्षेत्रमा काम गर्दै आएको लायन्स क्लबले दुर्गम क्षेत्रका बालबालिकाको आवश्यकता र समस्यालाई मध्यनजर गर्दै सहयोग कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिनराज काफ्लेले लायन्समार्फत निरन्तर मानवीय सेवा गर्दै आएको उल्लेख गर्दै दुर्गम क्षेत्रका बालबालिकालाई चिसोबाट जोगाउन न्यानो कपडा र शैक्षिक सामग्री वितरण कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले दुर्गम र पछाडि परेका समुदायमा मानवीय सेवाभावसहित काम गर्दै आएको उल्लेख गर्नुभयो ।

त्यस्तै, सुनिता मरठाले दुर्गम क्षेत्रमा रहेका विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि थप सहयोग लिएर आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लब डिपार्टमेन्ट चिफ राम आचार्य, अनिता थापा,  लायन कार्यक्रम रेगुलेटर अफिसर छविलाल पाण्डे, जोन चेयरपर्सन रञ्जु थापा, लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्ती, तृतीय उपाध्यक्ष सुरेश घर्ती, सचिव शरण पाण्डे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश वि.क., वडा सदस्य लालबहादुर पुन तथा विद्यालयका प्रधानाध्यापक युवराज छन्त्याललगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा रामप्रसाद आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रधानाध्यापक युवराज छन्त्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन लायन कार्यक्रम रेगुलेटर अफिसर छविलाल पाण्डेले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img