बुर्तिबाङमा कर शिक्षा कार्यक्रम सञ्चालन, करसम्बन्धी छुट तथा सहुलियतको लाभ लिन आग्रह

 

 

 

बागलुङको बुर्तिबाङमा कर शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा करदाता र निजी क्षेत्रका प्रतिनिधिहरूसँग करसम्बन्धी विभिन्न विषयमा अन्तरक्रिया गरिएको हो।

 

हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस र मंसिर १ देखि ७ गतेसम्म कर सप्ताह मनाउने गरिन्छ। २०७४ सालदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिनको स्मरणमा राष्ट्रिय कर दिवस मनाउन थालिएको हो।

 

यस वर्ष बागलुङबाट सुरु गरिएको राष्ट्रिय कर दिवस तथा कर सप्ताहअन्तर्गत मंसिर १ गते बागलुङ सदरमुकाममा कार्यक्रम आयोजना गरिएको थियो। त्यसैगरी मंसिर २ गते म्याग्दीको बेनी, ३ गते पर्वतको कुश्मा, ४ गते बागलुङ बजार र मंसिर ५ गते ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा कार्यक्रम सञ्चालन गरिएको हो।

 

बुर्तिबाङ उद्योग वाणिज्य संघको बजार क्षेत्रमा आयोजित कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि तथा व्यवसायीहरूसँग करसम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

 

कार्यक्रममा आर्थिक ऐन २०८३ ले करदातालाई प्रदान गरेका विभिन्न छुट, सुविधा तथा सहुलियतबारे जानकारी गराइएको थियो। उक्त छुट तथा सहुलियतको अवधि यही पुस मसान्तसम्म मात्र कायम रहने भएकाले समयमै आवश्यक प्रक्रिया पूरा गरी त्यसको लाभ लिन करदातालाई आग्रह गरिएको छ।

 

कार्यक्रममार्फत कर प्रणालीलाई व्यवस्थित, पारदर्शी तथा करदातामैत्री बनाउन कर शिक्षा र सचेतनाको महत्त्वसमेत औँल्याइएको थियो।

त्षस्तै  बागलुङको बुर्तिबाङमा बुर्तिबाङ सुनचाँदी व्यवसायी संघको आयोजनामा कर तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 

आन्तरिक राजस्व कार्यालय बागलुङको सहजीकरणमा मंसिर ५ गते शुक्रबार बुर्तिबाङस्थित होटल टाइगर (बैंक रोड) मा कार्यक्रम आयोजना गरिएको हो।

 

कार्यक्रममा सुनचाँदी व्यवसायसँग सम्बन्धित कर प्रणाली, करसम्बन्धी प्रावधान तथा व्यवसायीले पालना गर्नुपर्ने कानुनी प्रक्रियाका विषयमा जानकारी तथा छलफल गरिएको थियो।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img