बुर्तिबाङबाट दुई सडक मानवलाई मानव सेवा आश्रम पठाइयो

बुर्तिबाङ, बागलुङ । लामो समयदेखि बुर्तिबाङ बजार क्षेत्रमा बेवारिसे अवस्थामा बस्दै आएका दुई जनालाई उद्धार गरी बिहीबार मानव सेवा आश्रम बागलुङ पठाइएको छ ।

उचित स्वास्थ्य उपचार, संरक्षण तथा व्यवस्थापनको अभावमा बजार क्षेत्रमा बस्दै आएका उनीहरूको अवस्थालाई मध्यनजर गर्दै मानव सेवा आश्रम पठाइएको हो । गण्डकी प्रदेशसभा सदस्य दिलमाया पौवीको पहलमा उनीहरूलाई उद्धार गरी आश्रम पठाइएको बताइएको छ ।

आश्रम पठाइएकामध्ये ढोरपाटन नगरपालिका–३ निवासी ३८ वर्षीया जालकुमारी कुँवर र आफूलाई लाहुरे भन्दै हिँड्ने, नाम तथा ठेगाना पहिचान हुन नसकेका अन्दाजी ३८ वर्षीय एक पुरुष रहेका छन् ।

उनीहरूलाई ढोरपाटन नगरपालिका वडा नम्बर १ र ३ को सिफारिसमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ, लायन्स क्लब अफ ढोरपाटन, स्थानीय सोम पौवी, पत्रकारलगायतको रोहवरमा उद्धार गरी आश्रम पठाइएको हो ।

बागलुङ जिल्लालाई सडक मानवमुक्त बनाउने अभियानअन्तर्गत हालसम्म ८८ जना नागरिकले मानव सेवा आश्रमबाट सेवा लिइसकेको आश्रमकी प्रतिनिधि रेजिना क्षेत्रीले जानकारी दिनुभयो ।

लामो समयदेखि बुर्तिबाङ बजारमा बेवारिसे अवस्थामा रहँदै आएका दुवै जनालाई उद्धार गरी आश्रम पठाइएसँगै उनीहरूको स्वास्थ्य उपचार, संरक्षण र उचित हेरचाहको व्यवस्था हुने अपेक्षा गरिएको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img