माघ १३ गते बुर्तिबाङ
तमानखोला गाउँपालिकाको विभिन्न स्थानमा कल्भर्ट पुल निर्माण भइरहेको छ ।

गाउँपालिकाको सबै वडामा साना ठुला नदि हुँदा पालिकाले धेरै स्थानमा कल्भर्ट पुल निर्माण गरेर नागरिकलाई १२ महिना सिधा सवारीका साधन सञ्चालन गर्न मिल्ने बनाउने अभियान अगाडी बढाएको हो ।
अघिल्लो बर्ष दुई वटा पुल बनाएपछि सहज यात्रा गर्न पाएर दँग भएका स्थानीय नागरिक गत आर्थिक बर्षमा चार ठाउँमा कल्भर्ट पुल बनाइएको हो । यस आर्थिक वर्षमा पनी विभिन्न ४ स्थानमा पुल बनिरहेका छन ।

समपुरक बजेट मार्फत बोङ्गादोभान –खुँखानी– नर्जाखानी स्तरोन्ती कल्भर्ट पुल निर्माण भइरहेको हो ।, कुल १ करोड लागतमा सत्यसायी विल्डर्स कम्पनी मार्फत ठेक्का मार्फत निर्माणको काम भइरहेको जनाइएको छ । हालसम्म ५० प्रतिशत भौतिक प्रगती भइसकेको र यसै बर्ष सम्पन्न गर्ने गरी काम भएको इन्जिनीयर राजन जिसीले बताउनु भयो ।
त्यस्तै वडा नम्बर ६ नर्जाखानी जोड्ने गरी नुन्थला घाटमा ७८ लाख स्टेमिट बजेटमा गाउँपालिकाले कल्भर्ट पुल निर्माण अगाडी बढाएको हो । ठेक्का मार्फत सुरु भएको उक्त पुलको काम ७० प्रतिशत भइसकेको जनाइएको छ । सोले निर्माण सेवा कम्पनीले निर्माणको जिम्मा पाएको हो ।
उक्त पुल बनेमा नर्जाखानी, भित्रीवन गाउँका नागरीकलाई बर्षातको समयमा पनी सिधा सवारीका साधनमा चढेर गाउँमा पुग्न सहज हुने भएको छ ।
शृङ्खला घाट वडा नम्बर ५ मा १० लाख लागतमा कल्भर्ट समपुरक बजेट मार्फत निर्माण भएको छ । वडा नम्बर ३ को सेर्माघाट मा पुल निर्माणका निम्ती ठेक्का सम्झौता भएर निर्माणको चरणमा रहेको तमानखोला गाउँपालिका प्राविधिक शाखाले जनाएको छ ।
विगतमा बर्षातको ५ महिना नदिमा पानिको बहाव बढ्दा र पुल नहुँदा सवारीका साधन थप्प राख्नुपर्ने बाध्यता थियो । पालिकाले सबै वडाका नागरीकलाई सहज रुपमा यात्रा गराउनका निम्ती छोटो दुरीको नदिमा कल्भर्ट निर्माण गरेर सहजता प्रदान गरेको हो ।
यसबर्ष मात्रै ४ स्थानमा कल्भर्ट निर्माण सम्पन्न भएमा अब घोमाइ घाटमा चाँडै पुल निर्माण सम्पन्न भएमा तमानखोला गाउँपालिका भरका नागरीकलाई धेरै सहज हुने देखिन्छ । गण्डकी प्रदेश सरकार मार्फत डिपिआर भइसकेको उक्त पुल चाँडै बन्ने अपेक्षा गरीएको छ ।
साना खोलाहरूमा पनी बर्षातको समयमा नागरिकले पाएको सास्तिलाई मध्यनजर राख्दै पालिकाले बजेट विनियोजन गरेर कल्भर्ट पुल वनाएर सिधा सवारीका साधन चल्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।खोलाको दूरी धेरै भएको ठाउँमा मोटरेवल पुल बनाउन पहल गरेका छौँ सानो दुरी रहेको क्षेत्रमा कल्भर्ट पुल प्रभावकारी देखिएपछि विभिन्न स्थानमा कलभर्ट निर्माण गरिएको अध्यक्ष बुढाको भनाई छ ।
आफुहरुको समस्या बर्षातको समयमा सिधा सडक सञ्जाल नहुँदा सास्ति भएको बताउँदै मोटरेवल पुल र कल्र्भट बनेमा निकै सहजता हुने तमानखोला ६ भित्रिनका तम बहादुर छन्त्यालले बताउनु भयो ।










