दाँगखोलामा फेला परेको शव गुल्मीका रामु अर्यालको भएको पुष्टि

२०८२ मंसिर १० बुर्तिबाङ ,
बागलुङको बडिगाडमा –५ स्थित दाँगखोलामा मंगलबार दिउसो फेला परेको शव गुल्मीको मुसिकोट नगरपालिका–१ धर्मचौरका ३८ वर्षीय रामु अर्यालको भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेका अनुसार अर्यालको शव खोलामा अनुहार डुबेको अवस्थामा फेला परेको थियो । अर्याल गत कात्तिक ७ गते बडिगाड–५ मा संचालित न्वागी मेला हेर्नका लागि घरबाट निस्किएको र त्यसपछि सम्पर्कविहीन भएका थिए ।

अर्याल भिरबाट लडेको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरी नायव उपरीक्षक पाण्डेको भनाइ छ । थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

शवलाई खोलाबाट निकालेर परिवारलाई बुझाएको पाण्डे बताए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img