२०८२ मंसिर ९ बुर्तिबाङ,
बागलुङको बडिगाड गाउँपालिका–५ खौलारास्थित दाँगखोलामा एक पुरुषको शव फेला परेको छ ।
तर शवको पहिचान भने नभएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले जानकारी दिएका छन् ।
शव खोलामा अनुहार डुबेको अवस्थामा शव फेला परेको उहाँको भनाइ छ ।

“स्थानीयले खबर दिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ । शव गुल्मीका पुरुषको हुनसक्ने अनुमान गरिए पनि आधिकारिक पुष्टि भएको छैन ।
प्रहरी चौकी खारबाट गएको टोलीले शवलाई बाहिर निकाली पहिचानका लागि प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










