भाद्र २६ गते बिहीबार
बागलुङको तमानखोला गाउँपालिका ६ नर्जामा गयराती परेको चट्याङका कारण एक जनाको ज्यान जानुका साथै दुई लघुजलविधुत आयोजना पूर्ण रुपमा अबरुद्ध हुँदा स्थानीय वडाभरका नागरीक विधुत सेवाबाट बञ्चित हुन पुगेका छन ।

गाउँ नजिकै विधुत आयोजनामा परेको चट्याङका कारण घरमै सुतिरहेको अवस्थामा नर्जा स्थित ७१ बर्षिय मनकली बि.क.को घटना स्थलमै ज्यान गएको छ ।
त्यस्तै स्थानीय पात्ले लघुजलविधुत आयोजना र बराहकोष लघुजलविधुत आयोजनाको पावरहाउसमा रहेका सबै मेशिन चट्याङले क्षेत्री पुर्याउनुका साथै ६० बढि घरपरिवारको विधुत वक्स , बल्ब लगाएत विधुतीय सामाग्रि जलेर नष्ट भएको तमानखोला गाउँपालिका ६ का अध्यक्ष चित्र छन्त्यालले बताउनु भयो । चट्याङका कारण स्थानीय नागरिक घाइते समेत भएका हुन ।