२०८२ भाद्र १९ , बुर्तिबाङ
सूचीकरण नभएका सबै सामाजिक सञ्जाल बन्द हुने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकले सूचीकरण नभउका सबै सामाजिक सञ्जाल बन्द निर्णय गरेको हो ।
दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ । भाइबर, टिकटक, विटक, निम्बजजस्ता सामाजिक सञ्जाल नेपालमा यसअघि ने सूचीकरण भइसकेका छन् ।
टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन् । तर, फेसबुक, ट्वीटर (एक्स), वाट्सएप लगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा नआएको मन्त्रालयका अधिकारीले बताएका छन् । ती सामाजिक सञ्जालका कम्पनीलाई मन्त्रालयले यसअघि नै इमेलमार्फत पत्राचार गरेर सूचीकरणमा आउन पत्राचार गरिसकेको थियो ।










