सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार

बागलुङको बुर्तिबाङ अस्पतालमा सुत्केरी हुँन नसक्दा दुई गर्भवतीको एक साथ हेलिकप्टरद्वारा उद्दार गरी काठमाण्डौ पु¥याइएको छ । सुत्केरी हुनका लागि आउनुभएको दुई गर्भवतीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि हवाई उद्दार गरिएको हो ।बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–८ निवासी ३८ वर्षीय हुमी विक र ढोरपाटन नगरपालिका–५ निवासी २३ वर्षीया देवि सुनारलाई हवाई उद्दार गरिएको हो ।
दुई गर्भवतीकै नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाण्डौ थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
बागलुङ ÷ सुत्केरी व्यथाले चापी ज्यान जोखिममा रहेका दुई महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका ५ र ८ का सुत्केरी हुन नसकी ज्यान जोखिममा रहेका दुई जना गर्भवति महिलालाई हेलिकप्टरबाट उद्धार गरी शनिवार काठमाडौ पठाइएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको बिहानैदेखिको निरन्तर प्रयास र पहलमा आज दिउसो नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी एयर लिफ्टिङको माध्यमबाट काठमाडौं स्थित थापाथली प्रसुतीगृहमा पठाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित