गुल्मीको मुसीकोट नगरपालिका २ का तिल बहादुर राना कुमालले आफ्नो श्रीमतीको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिनुभएको छ ।
संगै जिउने सँगै मर्ने कसम खाएका कुमाल दम्पतीले श्रीमतीको सुरक्षा र बचतका निम्ती अन्य फजुल खर्च कटाएर पाँचलाख विमाँकको सिटिजन लाईफ इन्स्युरेन्स बागलुङमा जीवन बीमा गरिदिनुभएको हो ।

बीमाले बचत सँगै सुरक्षा दिने भएका कारण आफूले श्रीमती अनिता राना कुमालको जन्मदिनको अवसर पारेर बीमा खरिद गरेको बताउनु भयो । पछिल्लो समय जन्मदिन, विवाह लगायत शुभ कार्यमा आफन्त, परिवारको जीवन बीमा गरिदिने प्रचलन बद्दै गएको छ ।
सुरक्षा र बचत दुबै हुने भएपछि बीमा तर्फ नागरिकको आर्कषण बढेको सिटिजन लाइफ इन्स्युरेन्स बागलुङका शाखा प्रबन्धक कमला शर्माले बताउनु भयो । एजेन्सी म्यानेजर मार्फत बिमितलाई पोलिसी हस्तान्तरण गरिएको हो ।