कुश्मिशेरामा गण्डकी प्रदेशको तर्फ देखी विनियोजित योजनाहरुको छलफल तथा परामर्श

बागलुङको जैमिनी नगरपालिका वडा नं. १ कुश्मिशेरामा मंगलबार गण्डकी प्रदेश सरकारको बजेट तथा योजना अनुगमन मुल्यांकन निर्देशिका अनुसार अनुगमन तथा मुल्याङ्कन समिती बागलुङ क्षेत्र नं.१ (ख)द्वारा योजनाहरुको बृहत छलफल तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८१÷०८२ को गण्डकी प्रदेशको तर्फ देखी बागलुङ क्षेत्र नं. १ (ख)मा विनियोजित नीति, योजना तथा स्विकृत वजेट अनुसार सामाजिक विकास, पूर्वाधार विकास, पर्यटन, कृषि,तथा पशु, स्वास्थ, जलश्रोत लगायतका कार्यक्रमहरुको जैमिनी नगरपालिका कुश्मिशेरामा अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक माननीय डिल्लीराम सुबेदी, समितिका सदस्य तथा प्रदेश सभा सदस्य माननीय लिला बहादुर थापाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिती उपप्रमुख होमनाथ शर्मा, जैमिनी नगरप्रमुख नर बहादुर पुन, बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, जैमिनी उपप्रमुख हरिहर शर्मा, नगरपालिका सदस्यहरु, वडा अध्यक्षहरु, जैमिनी नगरपालिका प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेल, बागलुङ जिल्लामा प्रदेश माताहतका कार्यलय प्रमुख तथा प्रतिनिधि लगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बागलुङ जिल्ला क्षेत्र १ (ख) मा आर्थिक वर्ष २०८१÷०८२ को गण्डकी प्रदेशको तर्फ देखी विनियोजित कार्यक्रमहरुको प्रगति विवरण सम्वन्धित कार्यालयका प्रतिनिधिहरुले प्रतिवेदन पेस गरेका थिए । हालसम्म गण्डकी प्रदेश देखी विनियोजित योजनाहरु तर्फ जलश्रोत र पूर्वाधार तर्फका केही योजनाहरु सम्पन्न हुन बाँकी रहेको तथा अन्य योजनाहरु समयमै सम्पन्न भएको बताईएको छ । प्रदेशको गत वर्षका योजनाहरु नै अधुरो रहदैं गर्दा आर्थिक वर्षको नयाँ योजनाहरु सम्पन्न गर्न केहि ढिलासुस्ती भएको कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुको प्रतिक्रिया माथी पनि छलफल गरिएको थियो ।

आर्थिक वर्ष २०८१÷०८२ को गण्डकी प्रदेशको तर्फ देखी विनियोजित कार्यक्रमहरुमा कृषि तर्फ कृषि ज्ञान केन्द्र देखी धेरै कृषक लावान्भित भएका छन् । यसै गरी गत वर्ष र आर्थिक वर्षमा सम्पन्न गर्न अधुरा रहेका योजनाहरु आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक माननीय डिल्लीराम सुबेदी, समितिका सदस्य तथा प्रदेश सभा सदस्य माननीय लिला बहादुर थापाले प्रतिवद्धता गरेका छन् ।    सुजन सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img