बुर्तिबाङमा किसोरीलाई यौन व्यवसायमा लगाउने दुई हाेटल सञ्चालिका प्रकाउ ।

चैत्र २८ गते ढोरपाटन
१६ बर्षिय एक किसोरीलाई होटलमा राखि योन कार्यमा संलग्न गराउने बागलुङको बुर्तिबाङ का दुई होटल सञ्चालिकालाई प्रहरीले प्रकाउ गरेको छ ।
बुर्तिबाङ स्थित तमानखोला खाजा घर सञ्चालन गर्दे आएकी सम्झना भन्ने प्रितिमा बि.क र बसन्त होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दे आएकी खिम कुमारी भोम्जनलाई प्रहरीले चैत्र २७ गते प्रकाउ गरेको हो ।
विशेष सुचनाका आधारमा अनुसन्धान थालेको प्रहरीले विगत २०७७ सालदेखि हालसम्म ति एक जना युवतीलाई पालैपाले खाजा घरमा बोलाई ग्राहकहरु संगबाट पैसा लिई जबरजस्ती यौन कार्यमा संलग्न गराई धन आर्जन गरेको आरोपमा दुई महिलालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीले प्रकाउ गरी थप अनुसन्धानका निम्ती जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको हो ।

होटल सञ्चालिका दुई महिलाले परिवर्तित नाम बागलुङ ३० लाई ललाई फकाई गरी यौन कार्यमा प्रयोग गर्दे आफुहरुले धन आर्जन गर्दे आएको पाइएको प्रहरीले जनाएको छ ।
प्रकाउ परेका दुई जनालाई मानव वेचविखन तथा ओसारपसार ऐन २०६४ अन्र्तगत वेस्याबृर्तिमा लगाउन नहुने कसुरमा म्याद थप अनुमती लिई थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img