फाईल फोटो
बुर्तिबाङ फागुन ३ गते
बागलुङको निसीखोला गाउँपालिका ६ मा शनिबार दिउँसो टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ ।
रुकुम पूर्वदेखि बागलुङको बुर्तिबाङ तर्फ आउँदै गरेको ग १ क ६१८९ नम्बरको टिप्पर निसीखोला गाउँपालिका ६ लामिडाँडा भन्ने स्थानमा दिउँसो २ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा चालक गुल्मी इस्मा गाउँपालिका ३ का अन्दाजी ४८ बर्षिय कृष्ण कुमालको घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले बताउनु भयो ।
टिप्पर सडक देखि करिब २०० मिटर तल भीरमा खसेको पाइएको छ । दुर्घटना लगत्तै इलाका प्रहरी बुर्तिबाङका प्रमुख आनन्द बस्नेतको कमान्डमा प्रहरी टोलीले उद्धार गरेको छ ।