कांग्रेस महाधिवेशनमा बागलुङका २० नेता मैदानमा

बागलुङ, असोज २१ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका २० जना नेताले विभिन्न पद तथा क्लस्टरबाट केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गराएका छन्। बागलुङबाट एकैपटक ठूलो संख्यामा नेताहरूले केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिएको यो पहिलो पटक भएको बताइएको छ।

मंगलबार सम्पन्न उम्मेदवारी दर्तामा डिल्लीराम सुवेदीले खुलातर्फ सह–महामन्त्री पदमा उम्मेदवारी दिनुभएको छ। केन्द्रीय सदस्य पदका लागि खस–आर्य खुलातर्फ जगदीशचन्द्र उपाध्याय र टेकराज पौडेल तथा खस–आर्य महिलातर्फ चम्पादेवी खड्काले उम्मेदवारी दिनुभएको छ।

त्यस्तै, खुलातर्फ द्रोणकुमार कुँवर जनजाति खुलातर्फ भीमबहादुर श्रीस र  जनजाति महिलातर्फ रेणुका काउचा तथा सहिद परिवारतर्फ मञ्जेशबम मल्लले उम्मेदवारी दिनुभएको छ। खुला युवातर्फ सुजन सापकोटा र उषा सापकोटा तथा दलिततर्फ सागर परियार प्रतिस्पर्धामा हुनुहुन्छ।

गण्डकी प्रदेश भूगोलतर्फ खुलामा विष्णु पौडेल ‘दारी’ र युवातर्फ पवन आचार्यले उम्मेदवारी दिनुभएको छ। अल्पसंख्यकतर्फ अर्जुन शेरचन, खुला महिलातर्फ गण्डकी थापा अधिकारी तथा दलित महिलातर्फ दिलमाया रामदाम पौवीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ।

यसैगरी, एसिया–प्यासिफिक क्लस्टरतर्फ डण्डपाणि कँडेल ‘डीपी’ तथा युरोप क्लस्टरतर्फ शालिक गौतम र पूर्णबहादुर हमालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ।

बागलुङबाट ठूलो संख्यामा नेताहरू केन्द्रीय नेतृत्वको प्रतिस्पर्धामा उत्रिएसँगै जिल्लामा महाधिवेशनलाई लिएर चासो बढेको छ। विभिन्न पद तथा क्लस्टरमा उम्मेदवारी परेपछि जिल्लाका महाधिवेशन प्रतिनिधिहरूको मत र निर्वाचन परिणामलाई चासोका साथ हेरिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट समावेशीतर्फका विभिन्न समूहसहित ८० क्लस्टरमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैछ। निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जनाइएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img