नियमित महाधिवेशन पक्षधर कांग्रेसको ढोरपाटनमा वडा अधिवेशन तीव्र

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहले ढोरपाटन नगरपालिकामा वडा अधिवेशनलाई तीव्रता दिएको छ।

नगर सभापति धनबहादुर कायतका अनुसार वडा नम्बर ४ र ५ बाहेक नगरपालिकाका सबै वडामा नेतृत्व चयन भइसकेको छ। वडा नम्बर १ मा कोसिश घर्ती, वडा नम्बर २ मा यामप्रसाद पाध्या, वडा नम्बर ३ मा ओमबहादुर छन्त्याल, वडा नम्बर ६ मा मिलन अदै, वडा नम्बर ७ मा चिरबहादुर अदै, वडा नम्बर ८ मा विकास सुनार र वडा नम्बर ९ मा मोहन पुन वडा सभापतिमा चयन हुनुभएको छ।

बाँकी रहेका वडा नम्बर ४ र ५ को अधिवेशन पनि छिट्टै सम्पन्न गर्ने तयारी भइरहेको सभापति कायतले बताउनुभएको छ। वडा अधिवेशन सम्पन्न भएपछि नगर समितिको नेतृत्व चयन गरिने उहाँको भनाइ छ।

यसैबीच, मंगलबार ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित वडा अधिवेशन कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री तथा नेपाली कांग्रेसका नेता जीतबहादुर शेरचनको विशेष उपस्थिति रहेको थियो।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img