बागलुङको निसीखोला गाउँपालिका वडा नं. ३ जुग्जाखोला भन्दा माथि हदधारा भन्ने स्थानमा पहिरोले घर पुरिएर ४ जना पुरिएको भन्ने खबर प्राप्त भएको छ । त्यस्तै एउटा भैंसी पनि भर्खरै पुरिएको प्रत्यक्षदर्शी स्थानीय राजिब सुनारले बताउनुभयो । थप विवरण आउन बाँकी रहेको छ ।
त्यस्तै बागलुङको तमानखोला गाउपालिका -४ लाममेला हिले – सन्तरमा गएरातिको अबिरल वर्षाको कारण पहिरोले गाउँमा रहेको बालबिकास केन्द्र , बिधुत पावरहाउस सहित स्थानीय ९ घर बगाएको छ स्थानीय बिकल छन्त्यालका अनुसार गाउँमा बिधुत इनटरनेट नहुदा उद्दार राहातमा समस्या भैरहेको जनाइको छ । घर बगाउदा मानबिय क्षति समेत भएको आसन्का गरिएको छ ।
















