दोस्रो ढोरपाटन लायन्स ब्याडमिन्टन कपको तयारी अन्तिम चरणमा

बागलुङ — आगामी असोज ३ गतेदेखि बागलुङको ढोरपाटन नगरपालिका–बुर्तिबाङमा आयोजना हुने दोस्रो ढोरपाटन लायन्स ब्याडमिन्टन कपको तयारी अन्तिम चरणमा पुगेको छ।

लायन्स क्लब अफ ढोरपाटन, बागलुङको आयोजनामा हुने प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापन, खेलाडी दर्ता, प्रचारप्रसारलगायतका आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रतियोगिता बुर्तिबाङ ब्याडमिन्टन कभर्डहलमा सञ्चालन हुनेछ।

प्रतियोगितामा ४५ वर्षमाथिको राष्ट्रिय भेट्रान, ५५ वर्षमाथिको राष्ट्रिय सुपर भेट्रान, ‘बी’ लेभल खुला राष्ट्रिय तथा अन्तर ढोरपाटन ‘सी’ लेभल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिनेछ।

४५ वर्षमाथि र ५५ वर्षमाथिको विधाका विजेताले रु. ५० हजार, उपविजेताले रु. ३५ हजार तथा तेस्रो हुनेले रु. १० हजार पुरस्कार प्राप्त गर्नेछन्। ‘बी’ लेभल खुला राष्ट्रिय प्रतियोगितामा पनि विजेताले रु. ५० हजार, उपविजेताले रु. ३५ हजार र तेस्रो हुनेले रु. १० हजार पाउनेछन्।

त्यस्तै, अन्तर ढोरपाटन ‘सी’ लेभलका विजेताले रु. ४० हजार, उपविजेताले रु. २५ हजार तथा तेस्रो हुनेले रु. ७ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। सबै विधाका विजेता तथा उपविजेतालाई कप, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

प्रतियोगिताको मुख्य सहयोगीका रूपमा ढोरपाटन नगरपालिकाको कार्यालय रहेको छ। प्रतियोगितामा देशभरबाट खेलाडीको सहभागिता रहने र करिब १०० टिम सहभागी हुने अनुमान गरिएको खेल संयोजक देव नारायण बुढाले बताउनुभयो।

प्रतियोगिताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको क्लब अध्यक्ष हेमेन्द्र घर्तिले जानकारी दिनुभयो ।  खेल क्षेत्रको विकाससँगै पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा परिचित ढोरपाटनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाइएको छ । प्रतियोगिता असोज ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img